इलामः प्रदेश १ को प्रदेश सभा सदस्य बनेर आफनो निर्वाचन क्षेत्रका लागि कुनै भूमीका खेल्न नसकेका एमाले नेता काजीमान कागते इलामको सूर्योदय नगरपालिकामा नेकपा एमालेबाट मेयरमा प्रतिष्पर्धा गर्दै छन् ।

२०७४ सालमा भएको प्रदेश निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएर प्रदेश सभा सदस्य बनेका काजीमान कागतेले इलाम क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन १(ख)का लागि कुनै बिकासका योजना ल्याउन नसके पछि प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरको प्रतिष्पर्धामा आएका हुन् ।

प्रदेश सभामा रहदा करिब ४ बर्षको अवधिमा कागतेले प्रदेश सभामा आफनो निर्वाचन क्षेत्रका कुनै पनि एजेण्ठा नउठाएको भनेर आलोचना हुँदै आएकोे थियो । उनलाई प्रदेश सभामा नबोल्ने प्रदेश सभा सदस्य भनेर चिनीदै आएको छ ।

स्थानीय स्तरमा निक्कै घुलमिल गर्न सक्ने क्षमता भए पनि कागतेले प्रदेश सभामा गएर समग्र जिल्ला र आफनो निर्वाचन क्षेत्रका लागि कुनै भूमीका खेल्न नसके पछि उनी आलोचित बन्दै आएकोमा सूर्योदय नगरपालिकामा मेयरमा प्रतिष्पर्धा गर्न आए पछि उनै कागते स्थानीय स्तरमा बिकास भएन भनेर चर्को बिरोध गर्दै आएका छन । उनले चुनावको मुखमा मतदाताकोमा गएर बिकासका चर्का भाषण गर्दै गर्दा बिकास गर्ने ठाउँमा आफै रहेर पनि केहि नगरेको भने बिर्सीएको स्थानीय बताउदै आएका छन् ।

नेकपा एमालेबाट मेयरको उम्मेद्धवार बनेका कागतेले प्रदेश सभामा एकपटक बोलेका थिए । उनले बोलको उक्त भिडियोमा प्रदेश सभा सदस्यलाई गाडी किन्न प्रदेश सरकारले अनुदान दिनु पर्ने माग गरेका छन । उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । उनले प्रदेश सदस्यलाई सुबिधाबाट बञ्चित गराईएको भन्दै २० लाख सम्मको गाडी किन्न अनुदान दिनु पर्ने नभए भन्सार छुटमा गाडी ल्याउन पहल गर्नु पर्ने माग गरेका थिए ।

उनले प्रदेश सभामा स्थानीय बिकास र आवश्यक्ताका सवाल उठान गर्नुको सट्टा आफै सुविधा भोगी बन्ने आसय देखाएका छन् ।उनलाई स्थानीय स्तरका काममा पनि पारदर्शी भएर काम नगरेको आरोप लाग्दै आएको छ । कन्याममा आफनै घर छेउमा रहेको सहिद पार्कको काम करिब ६ वर्षमा पुरा नहुँनु र निर्माण कार्यको हिसाब किताब हालसम्म सार्वजनिक गर्न नसकेको स्थानीयको आरोप छ । उक्त सहिद पार्कको अध्यक्ष समेत स्वयम कागते नै हुँन ।

चिया तथा कफी बिकास बोर्डको २ पटक सदस्य हुदाँ आफ्नो निजी उद्योगलाई मात्रै प्रोत्साहन गरेका कागेतेले निर्वाचनका बेला भने चिया तथा कफी खेतीको बिकास गर्ने बताउदै आएका छन् ।

उनले सूर्योदय नगरपालिकाले संघाईग्रुप संग भिडेर कन्यामको सडक बिस्तार गरी ब्युटिफिकेशन गर्दै गर्दा कन्याममा जेठा छोरा मोहनदोर्जे कागतेलाई सरकारी जमिनमा कुहिरो होटल संचालन गराएका छन । आफै नेतृत्वमा रहेर सार्वजनिक तथा सरकारी सम्पतीको संरक्षण गर्नु पर्ने बेलामा आफै सरकारी जमिन अतिक्रमण गरेर होटल खोल्दा स्थानीय स्तरमा एमालेले चुईक्क मुख खोलेको छैन् ।

उनले ५० बर्षका लागि चिया बगान लिजमा लिएको भारतको त्रिर्वेणी संघाई ग्रुप संग मिलेमतोमा कन्यामको सरकारी जमिनमा होटल खोलेका हुँन । संघाईलाई दिएको सम्झौतामा सरकारले चिया बगान लिजमा दिएको भए पनि संघाईले अन्य ब्यक्तिलाई उक्त जमिन लिजमा दिन पाउने ब्यवस्था भने उल्लेख छैन ।

उक्त स्थानमा होटल संचालन हुँनु भन्दा अगाडी तत्कालिन कन्याम गाउँ बिकास समितिको भवन रहेको थियो । २०४६ सालको प्रजातन्त्र पछि पहिलो निर्वाचित तत्कालिन गाउँ बिकास समितिका अध्यक्ष बिदुर प्रसाद शिवाकोटी, उपाध्यक्ष तारा नेपाल र १ नम्बर वडाका वडाध्यक्ष उनै काजीमान कागते रहेका थिए । आफै सरकारी भवन निर्माण थालेका कागतेले हाल उक्त ठाउँ आफै कब्जामा लिएका छन् ।

प्रदेश १ कै सबैभन्दा कम बजेट बिनियोजन भएको उनको निर्वाचन क्षेत्रमा प्रदेश सभा सदस्य रहदा आफनै कान्छा छोरोलाई स्वकीय सचिव बनाएका थिए । उनले नजिकका कार्यकर्तालाई समेत यस्ता काममा अवसर दिन सकेका थिएनन् ।

उनले प्रदेश सभा सदस्य भएकै बेला प्रदेश सभा सदस्यको आडमा कन्याममा प्याराग्लाइडिंगको अनुमति लिएर अन्यलाई ठेक्कामा दिएका छन् । सूर्योदय नगरपालिकाले विभिन्न सरोकारवालासँगको लामो छलफल पछि जारी गरेको गुणस्तरीय चिया उत्पादन कार्यविधिलाई नै तुहाउनका लागि चिया दलालसँग साठगाँठ गरेको आरोप समेत लाग्दै आएको छ ।

कागतेले किसानको दुध खरीद गरेर पैसा नतिरको समेत पाईएको छ । सूर्योदय १२ मा दुध संकलन गरेको लामो समय बित्दा पनि भुक्तानी नदिएको पीडितले बताएका छन् ।

उनीहरुले सार्वजनिक रुपमै पैसा नपाएको गुनासो आईरहदा पनि कागतेको कुनै प्रतिक्रिया आएको छैन । लगभग ६ बर्ष बित्दा पनि सार्वजनिक पदमा पुगेका ब्यक्तिले भुक्तानी नदिदा स्थानीय किसान आजित बनेका छन् । उनले स्थानीय संगै आठघरेमा रहेको लगनशिल सहकारी संस्थाको समेत ९७ हजार रुपैया नतिरेको आरोप लाग्दै आएको छ ।
सूर्योदय नगरपालिका बिकासका काम , पर्यटकीय स्थलको ब्युटी फिकेशन, सडक निर्माण, कन्याम सहित मेची राजमार्गमा सडक बिस्तार र डिजिटल माध्यममा जोडिएको छ । नगरलाई प्रविधिमैत्री बनाईएको छ । उक्त नगरमा प्रतिष्पर्धा गर्दै गरेका कागते भने फेसबुक लगायतका सामाजिक संजालको प्रयोग गर्न समेत राम्रारी जान्दैनन । स्थानीय भन्छन ‘ प्रविधिमा फड्को मारेको यो नगरमा खेताला लगाउने होईन आफै सक्षम मेयर आउनु पर्छन ।’