इटहरीः लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट इटहरी उपमहानगरपालिकाका मेयरका उम्मेदवार हेमकर्ण पौडेलले पाँच बर्ष भित्र इटहरीको स्वरुप परिवर्तन गर्ने बताएका छन् ।

औषधी व्यवसायी संघ इटहरी नगरकमिटिको आयोजनामा शनिवार भएको भेलामा बोल्दै मेयरका उम्मेदवार पौडेलले आफुहरु गफ गर्न नभई विकास गर्न उम्मेदवार बनेको बताए । उनले अहिलेको इटहरी सरकारका प्रमुखहरु किन केही भएन भनेर सोध्यो भने बढि बोल्नु हुन्छ तपाई, भन्ने गरिएको बताए । ‘विकास भनेको बाटोमात्रै हो,भन्ने गरिएको छ सिँगै गठबन्धन के भन्दैछ भने बाटो बनाउनु मात्रै विकास होइन् । विकास भनेको मानवीयष् विकास हो ।’ पौडेलले भने ।

समयमा कानुन नवन्दा धेरै कुराहरु थन्किएर बसेको भन्दै पौडेलले एकाध मानिसका कारणले इटहरीमा विकास नभएको भन्दै यदि साँच्चै विकास चाहाने भए गठबन्धनलाई मत हाल्न आग्रह गरे । ‘तपाईहरु फोटो खिचेर भिडियो खिचेर राख्नुभए हुन्छ । हामी पाँच बर्षमा इटहरी बदल्छौँ । ’

IMG_0918

देशको उपल्लो क्षेत्रमा काम गरिसकेको मान्छे केशव कुमार विष्ट उपमेयरको रुपमा इटहरी बनाउँछु भनेर आउनु भएको भन्दै पौडेलले विष्टसँगको सहकार्यमा इटहरीले विकास र समृद्धि पाउने दावी समेत गरे ।

कार्यक्रममा सामुदायिक अस्पताल संचालक टंक दुलालले विगतमा इटहरी सरकारले औषधी व्यवसायीलाई आंतकित बनाउने गरी मापदण्ड विनै छापा मारेर दुःख दिएको बताउँदै सरकारलाई सघाउन व्यवसायीहरु समेत तयार रहेको सुनाए ।

कार्यक्रममा बोल्दै इटहरी वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेद्वार दिवस पोखरेलले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई जिताउन औषधी व्यवसायीहरुलाई आग्रह गरे । आफुसँग थुप्रै मेडिकल क्षेत्रका कुराहरु भएकाले आफु औषधी व्यवसायीको हितमा काम गर्ने बताए ।

IMG_0915

कार्यक्रममा नेपाली कांग्रेस इटहरीका संघ संस्था सम्वन्वय समितिका संयोजक इश्वरी पराजुली , औषधि व्यावसायी संघ जिल्ला कमिटी सुनसरीका अध्यक्ष रविन्द्र घिमिरेले चालु सरकार रहँदा त्रासका विच व्यवसाय गर्न व्यावसायीहरु बाध्य हुनुपरेको बताए ।

इटहरी सरकारले बनाउने पर्ने स्वास्थ्य सम्बन्धि कानुन नबनाएका कारण आफुहरुले दुख पाउनु परेको घिमिरेले सुनाए । उनले औषधि व्यवसायीहरुलाई समेत समेटेर कानुन निर्माणमा संलग्न गराउन घिमिरेले आग्रह गरे । कार्यक्रम औषधी व्यवसायी संघ इटहरीका अध्यक्ष संजिव खड्का र व्यवसायी इन्द्र श्रेष्ठको सयुक्त पहलमा आयोजना गरिएको थियो ।

IMG_0919