इटहरीः जिल्ला प्रशासन सुनसरीले स्थानीय निकायको निर्वाचनका लागि मौन अवधि सुरु हुने बैशाख २७ गते राती १२ बजेदेखि मादक पदार्थको सेवन गर्न तथा बिक्रि वितरण गर्न समेत रोक लगाउने भएको छ ।

जिल्ला प्रसाशन कार्यलय सुनसरीले आइतबार एक सुचना जारी गर्दै मौन अवधि सुरु हुने बैशाख २७ गते राती १२ बजे देखि मतदान हुने दिन बैशाख ३० गते मादक पदार्थ बिक्रि तथा सेवन गर्न नपाईने भन्दै सार्वजनिक सुचना जारी गरेको छ ।

आसन्न स्थानीय निकायको निर्वाचनलाई निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा निर्देशिका २०७८ को परिच्छेद ६ ‘थ’ बमोजिम मदिरा बिक्रि तथा सेवनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा जारी सुचनामा भनिएको छ ।