इटहरीः स्थानीय निर्वाचन आउन मुलत तीन दिन बाँकी छ । जव सम्म आफ्नो पालिका उम्मेदवार बनेका उम्मेदवारलाई नजिकबाट नियाल्न सकिँदैन तव त्यो उम्मेदवारबाट के अपेक्षा गर्ने भन्ने प्रश्न खड्किरहन्छ ।

उम्मेदवारलाई मतदातामाझ चिनाउने क्रममा यस पटक हामीले साँगुरीगढी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारी दिएका लिलाराज लावतीलाई चिनाउने प्रयास गरेका छौं  ।
होटल र पर्यटन व्यावसायसँग जोडिएको लिलाराज विकास प्रेमी र समाजसेवी नेताको रुपमा चिनिन्छन् । प्रदेश एककै पर्यटनको मुख्य थलोको रुपमा चिनिएको भेडेटारमा उनको राम्रो प्रभाव छ । सँगै जनतासँग दुःख, सुःख साटिरहेको भेटिने लावती जनता समाजवादी पार्टीका वडा नम्बर ६ का अध्यक्ष समेत हुन् ।

स्थानीय निर्वाचन नजिकिँदै जाँदा देशभरीनै पाँच दलिय गठबन्धनले आफ्नो साझा लोकतान्त्रिक बाम गठबन्धन बनाएर उम्मेदवारी दिएको छ । यसै अनुरुप धनकुटा जिल्लामा पनि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी , जनमोर्चा र नेकपा माओवादीको तालमेलमा चुनावी अभियानमा होमिएका छन् र त्यति तालमेलको सह नेतृत्वमा छन् लिलाराज लावती साँगुरीगढी गाउँपालिकामा । गठबन्धनको तर्फबाट साँगुरीगढी गाउँपालिकाको अध्यक्षको रुपमा युवा पर्यटन कर्मी तथा होटल व्यावसायी नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली राईले उम्मेदवारी दिएका छन् ।

धनकुटा जिल्लाको भेडेटारमा जन्मेर त्यहिँ हुर्केका लावती पछिल्लो समय भेडेटारमा भएको विकासका साक्षी हुन् । तत्कालिन भेडेटार गाउँपञ्चायतको माल्बाँसेमा २०३४ सालमा जन्मेका लिलाराजका वुबा १९६० मा १० बर्ष ब्रिटिस लाहुरे खाएर पेन्सनमा निस्किएका थिए । भेडेटारमै ठेकेदारी काम गर्ने क्रममा विवाह भएपछि लिलाराजको जन्म भयो ।

भेडेटारकै कालिका प्रावि देवी स्थानबाट प्राथमिक शिक्षा अनि जनता निमावि नाम्जेबाट निम्न माध्यमिक शिक्षा र धरानको फुस्रेमा रहेको पव्लिक माविबाट एसएलसी सकाएका लिलाराज पहिलेदेखि सामाजिक सेवामा रुचि राख्ने व्यत्तित्व हुन् ।एसएलसी सकाएपछि लिलाराजले धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा प्रविणता प्रमाणपत्र तहको पढाई गरेका थिए ।
लाहुरेको छोरा लाहुरे त बन्नै पर्छ भन्ने मान्यता अनुसार लिलाराजले २ पटक सम्म लाहुरे बन्ने प्रयास गरे तर सार्थक हुन सकेन् । सार्थक भईहालेको भएपनि हुने त खासमा केही होइन् यतिवेला उनि पनि पेन्सन खाँदै हुन्थे, पैसाको केही रवाफ हुन्थ्यो तर समाजले जति चिनेको छ त्यत्ति चिन्ने थिएन ।

युवा लहडमा एक पटक मलेसिया पनि गए तर लामो समय टिक्न सकेनन् मनले लिलाराजलाई गाउँमै गएर सेवा गर अनि काम पनि गर भनेर अह्रायो । विदेशमा जे गर्न सकिँदैन देशमा धेरै गर्न सकिन्छ । त्यहाँ पछि भेडेटारमै आएर आमा रेखा कुमारी सुव्वाले पहिलेबाटै आफ्नो सानो झुपडीमै गर्न थालेको होटल व्यावसायलाई निरन्तरता दिन थाले । भेडेटारमा विस्तारै पर्यटकहरुको चाप बढ्दै गएपछि त्यहि चिया, नास्ता र रक्सि बेच्ने पसलहरु होटलको आकारमा परिणत हुँदै गए ।

पर्यटकहरुले के मन पराउँछन् भनेर भेडेटारमा कटेज बनाएर पर्यटकलाई छुट्टै बस्ने र मनोरम दृष्यको अवलोकन गर्ने सिस्टम उनै लिलाराजका बाबुले शुरु गरेका हुन् । अहिले कटेजको चलन निकै बढेको छ र विकसित भएको छ । एक हिसावले लिलाराजको झुपडी पहिले देखि नेताहरु आउने , बस्ने खाने जक्सनको रुपमा विकास हुँदै गएको थियो ।
समाजसेवी लिलाराजका बुवाका समाजसेवी छोरा लिलाराज साँगुरीगढीका हरेक गाउँमा गएर हरेक समुदायसँग उत्तिकै हेलमेल र घुलमुल गर्छन् ।

273897840-375783834182776-2435720254651465468-n

लिलाराजले देशमा रोजगार गरेकै छैनन् तर दिन दुखिलाई सहयोग गर्दै गाउँ गाउँ हिडेको देख्दा लाग्छ उनि काम गर्दैछन् , तर त्यो त निश्वार्थ समाजसेवा मात्रै हो ।
लिम्बुको छोरो भएको हिसावले पहिचानको राजनिति गर्दै गर्दा लिलाराजका वुवा लिम्बुवान साँगुरीगढी गाउँपालिकाको नेतृत्व गर्दै थिए । आमा रेखा भने औपचारिक शिक्षा नभएपनि कुने बेला वडा सदस्यसम्म भएर जनताको सेवामा खटेकी थिइन् ।

त्यहि क्रममा लिलाराज भने अहिले जनता समाजवादी पार्टीसँग जोडिएका छन् । राजनिति भन्नु एक समाजसेवा नै हो । जवसम्म राजनिति समाजसेवा हुन सक्दैन तवसम्म विकास हुन सक्दैन भन्ने बुझेका लिलाराज धेरै निश्वार्थ सेवा गर्छन ।भेडेटारलाई प्रदेश एककै हिलस्टेसनको रुपमा विकसित गर्नुपर्छ भनेर सुरुदेखि नै आवाज बुलन्द गर्नेहरुको सुचिमा पर्छन् लिलाराज लावती ।

कुनै बेला भेडेटार होटल एसोसियसन्को अध्यक्ष बनेर भेडेटारका होटलहरुलाई एकवद्ध गर्ने देखि लिएर हरेक अंग्रेजी नयाँ बर्षमा फुड फेस्टिवल गर्ने साथै भेडेटारमा स्काई वाक बनाउने कुरामा पहल गर्ने , जिपलाईन, रक क्लाईम्बिङ्ग, क्यानोइन्ग जस्ता काममा समेत गर्नुपर्छ यस्तो गरौँ भनेर आवाज उठाउने काममा लागिरहने व्यक्तित्व हुन लावती ।

279812939_297981989191647_4580150418223278752_n

कुने बेला बामपन्थी राजनितिमा रहँदा नेकपा मालेमा सक्रिय लावती अहिले आएर भारतमा आम आदमी पार्टीका अरविन्द केजरीवालको विकास मोडलका फ्यान हुन् । भेडेटारलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने खोजमा रहेका लावती भेडेटारले आफुलाई आवश्यक पर्ने सबै कृषि उत्पादनहरु यही गर्न सक्नुपर्छ भन्ने धारणा राख्छन् ।

भेडेटार पर्यटनमात्रै होइन कृषिमा पनि उत्तिकै अगाडी छ भन्ने लावतीले साँगुरीगढीमा धान , कागती र सिजनेवल फलफुलमा आत्मनिर्भर हुन सक्ने सम्भावना रहेको बताए । अदुवा, बेसार जस्ता उत्पादनहरुले बजारमा उचित मुल्य नपाईरहेको अवस्थामा आफुहरुको नेतृत्वले गाउँपालिकामा चुनाव जित्न सके चिस्यान केन्द्र बनाएर यस्ता उत्पादनहरुलाई राख्ने र उचित मुल्य भएको बेला बेच्ने व्यावस्था मिलाउने लावतीको योजना छ ।

लोकतन्त्रमा सरकारहरु बदलिए तर जनताले के पाए त ? अनि परिवर्तन के आयो त भन्ने कुरामा चिन्तित लिलाराज ९० प्रतिशत जनतालाई कृषिमा लाग्न अभिप्रेरित गर्ने र नाम्जे र भेडेटारलाई चिटिक्क पारेर पर्यटक तान्न आफुहरुको योजना रहेको र यो योजनाले साँगुरीगढी गाउँपालिकाकै मुहार फेरिने दावी लिलाराजको छ ।

279440430_1134229367151147_6508801227513025146_n (1)