इटहरीः धनकुटाको साँगुरीगढी गाउँपालिकालाई नेपालकै नमुना पर्यटकिय गन्तव्य बनाउने योजना सहित भेडेटारका दुई पर्यटनकर्मी ३ दिनपछि हुने स्थानीय निर्वाचनको दौडमा सामेल भएका छन् ।

भेडेटार होटल एसोसिएसनको नेतृत्व गरिरहेका जितेन्द्र रुम्दाली राई गाउँ पालिकाको अध्यक्षको दौडमा छन् भने अर्का जुझारु एसोसिएसनका पूर्व अध्यक्ष तथा पर्यटन व्यावसायी लिलाराज लावती गाउँपालिकाको उपाध्यक्षको दौडमा छन् ।

लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट चुनावी दौडमा होमिएका यी दुवै पर्यटनकर्मी गाउँपालिकामा आउन सके साँगुरीगढीले समग्र विकासमा काँचुली फेर्ने विश्वास धेरै मतदातामा रहेको छ ।

नेपाली कांग्रेसका नेता एंव युवा समाजसेवी तथा पर्यटनकर्मी जितेन्द्र रुम्दाली राई अघिल्लो स्थानीय निर्वाचनमा समेत अध्यक्षका प्रत्यासी हुन् । केही मतको अन्तरले पराजीत भएका रुम्दाली प्रतिपक्षमा रहेर गाउँपालिकाको काममा खवरदारी गर्ने र अझै जनताको माझमा जाने र सेवा गर्ने मौका पाएकाले यसपाली उनलाई जितको नजिक पुर्याएको स्थानीय बासिन्दाहरुको बुझाई छ ।

यता गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेका लिलाराज लावती युवा समाजसेवी तथा जनता समाजवादी पार्टीका नेता हुन् । सेवा गरेर कहिल्यै नथाक्ने लावती जनतासँग निकै नजिक मानिन्छन् । पर्यटन बुझेको व्यक्ति पर्यटकिय सम्भावनाको भेडेटारको नीति निर्माणका क्षेत्रमा पुगे भेडेटारको विकासमा टेवा पुग्ने र भेडेटारले डलर भित्रयाउने आशा पर्यटनकर्मीहरुको भनाई छ ।

आफुहरु साँगुरीगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरे गाउँपालिकामा रहेका मगर समुदायको हुर्रा नाच साथै खानपान र रहनसहनलाई ब्राण्डिङ्ग गर्ने र अन्य जातजातीहरुको संस्कृतीको संरक्षण सम्वद्र्धनका साथै त्यसको उत्थानमा महत्वपुर्ण भुमिका खेल्ने योजना यी युवा पर्यटनकर्मीहरुले अघि सारेका छन् ।

jitendra-rumdali

सिँगै गाउँपालिकामा भेडेटार मुख्य पर्यटकिय गन्तव्य भएता पनि पालिकाका अन्य गाउँहरुमा भएका धार्मिक र सांस्कृतिक सम्पदामा पनि पर्यटक पुग्ने र बस्ने गरी होमस्टेहरुको ब्राण्डिङ्ग गर्ने र गाउँगाउँमा कृषि उत्पादनमा जोड दिएर भेडेटारको बजार र होटललाई आवश्यक पर्ने कृषि जन्य सामाग्री आफ्नै गाउँपालिकामा उत्पादन गर्ने र आत्मनिर्भरता तर्फ अगाडी बढ्ने उनिहरुको योजना छ ।

छिमेकी मुलुक भारत देखि लिएर विश्वका विभिन्न देशबाट पर्यटक भित्रिने भेडेटारलाई पर्यटनको नमुना गन्तव्य बनाउने र साँगुरीगढीको घर घरमा डलर जम्मा गर्ने सक्ने सम्भावनालाई सार्थक पार्न आफुहरुको उम्मेदवारी रहेको उपाध्यक्षका उम्मेदवार लिलाराज लावती बताउँछन् ।

पर्यटकिय भुमिलाई अघिल्लो स्थानीय निर्वाचनमा विजय हासिल गरेका स्थानीय जनप्रतिनिधिले पर्यटनको नाममा सिन्को नभाँच्दा भेडेटार पछाडी परेको बताउँने गाउँपालिकाको अध्यक्षका उम्मेदवार जितेन्द्र रुम्दाली आफु र आफ्नो समुह निर्वाचित भए सम्वृद्ध भेडेटार बनाउने संकल्प अघि सारेको बताए । उनले अघिल्लो नेतृत्वले विकास नगरी गाउँपालिकाको बजेट कार्यकर्तालाई कनिका बाढेजस्तो बाढ्दा भेडेटार पछाडी परेको र आफुहरु पर्यटन बुझेको, व्यवसाय बुझेको र यहाँको आवश्यकता समेत बुझेकाले पनि साँगुरीगढीको विकासमा सेकेण्ड खेर नफालिकनै कामगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पर्यटनकै माध्यमबाट साँगुरीगढीले काँचुली फेर्ने अठोट उनिहरुको छ । सिँगै साँगुरीगढीमा भेडेटार पर्यटकिय क्षेत्र भएको हुनाले अघि देखिएको भएता पनि त्यहाँ पछाडी परेको क्षेत्रमा कृषिको अथाह सम्भावना रहेको र गाउँमा कृषिमा योगदान गर्न किसानहरुलाई मलविरुवा उपलव्ध गराएर कृषिमा अग्रसर गराउने साथै गाउँपालिकामा उत्पादन भएको कृषि सामाग्रीले बजारभाउ नपाउँदा किसान मारमा परेकाले त्यस्तो उत्पादनलाई कृषि चिस्यान केन्द्र , प्रसोधन केन्द्र बनाएर राख्ने र सकेसम्म गाउँपालिकालेनै खरिद गर्ने र किसानलाई समर्पण मुल्य दिने जस्ता योजनाहरु आफुसँग रहेको उपाध्यक्षका उम्मेदवार लिलाराज लावती बताउँछन् । ।

img-9396

किसानले उत्पादन गरेर बिक्रि नभएका उत्पादनलाई गाउँपालिकाले नै खरिद गर्ने र बजारको समेत व्यावस्था गर्न सके किसानहरु अझ उत्साहित भएर उत्पादनमा लाग्ने र त्यसले पनि गाउँपालिकालाई समृद्ध गाउँपालिका बन्न सहयोग गर्ने उनको बुझाई छ ।

भेडेटार पर्यटनमात्रै होइन कृषिमा पनि उत्तिकै अगाडी रहेको बताउने लावती साँगुरीगढीमा धान , कागती र सिजनेवल फलफुलमा आत्मनिर्भर हुन सक्ने सम्भावना रहेको सुनाउँछन् । अदुवा, बेसार जस्ता उत्पादनहरुले बजारमा उचित मुल्य नपाईरहेको अवस्थामा आफुहरुको नेतृत्वले गाउँपालिकामा चुनाव जित्न सके चिस्यान केन्द्र बनाएर यस्ता उत्पादनहरुलाई राख्ने र उचित मुल्य भएको बेला बेच्ने व्यावस्था मिलाउने समेत उनिहरुको योजना छ ।

लोकतन्त्रमा सरकारहरु बदलिए तर जनताले के पाए त ? अनि परिवर्तन के आयो त भन्ने कुरामा चिन्तित लिलाराज ९० प्रतिशत जनतालाई कृषिमा लाग्न अभिप्रेरित गर्ने र नाम्जे र भेडेटारलाई चिटिक्क पारेर पर्यटक तान्ने आफुहरुको योजना रहेको र यो योजनाले साँगुरीगढी गाउँपालिकाकै मुहार फेरिने दावी यी दुई पर्यटनका हस्तीहरुले गरेका छन् ।