इटहरीः निर्वाचनबाट निर्वाचित भएर जनताको सेवा गर्छु भन्ने भाव विकास भएपछि इलामका तिर्थराज आचार्यले आफुले खाइपाई आएको सिनियर अधिकृत तहको जागिरनै छाडेर वडा अध्यक्षको उम्मेदवारी दिएका छन् ।

इलाम जिल्लाको सुर्योदय नगरपालिकाको वडा नम्बर १३ को वडा अध्यक्षमा उम्मेदवार बनेका तिर्थराजले २० बर्ष सरकारी सेवा गर्दै गर्दा स्थानीय निर्वाचनमा होमिनकै लागि अधिकृत सातौँ स्तरको जागिरबाट विदा लिएका हुन् ।

मेची अञ्चल आर्युर्वेद अस्पतालमा अधिकृत सातौँ तहमा जागिरे जिवन विताइरहेको आचार्यले जन्मभुमिप्रतिको माया बोध भएकै कारण आफुले जनप्रतिनिधि बनेर जनताको सेवा गर्न जागिर छाडेको प्रतिक्रिया दिएका छन् ।

कर्मचारी भएर पनि जनताको सेवा नै गर्ने हो र जनप्रतिनिधि हुँदा पनि तथापी कर्मचारी भइरहँदा तोकिएको दायरा भन्दा बाहिर जान नपाईने कतिपय कानुनी प्रक्रियाको कारण चाहेजति सेवा गर्न नपाएको र वडा अध्यक्षको रुपमा जित हाँसिल गर्न सके आफ्नै वडाबाट सामाजिक सेवाको अर्को चरण सुरुवात गर्ने आचार्यको भनाई छ ।

चौथो तह अर्थात बैद्यबाट सरकारी सेवामा प्रवेश गरेका तिर्थ २० बर्षे जागिरमा अधिकृत सातौँ अर्थात बरिष्ठ कविराज सम्म पुगेर जागिरबाट विदा लिएका हुन् । जन्मभुमिप्रतिको जिम्मेवारी बोध भएको र सानैदेखि सामाजिक सेवा गर्ने  रहर पुरा गर्न आफुले जनप्रतिनिधि बन्ने सपना साँचेर जागिर छाडेको बताउँने आचार्य जनताको आर्थिक स्तरउन्नती गर्न र समृद्धिमा केहिमात्रै भएपनि टेवा दिने आफ्नो लक्ष्य रहेको बताउँछन् ।

सरकारी सेवा छाडेर ठुलो भाग खोजेको भनौ भने मेयर वा गाउँपालिका अध्यक्ष होइन, सानो एउटा वडाको अध्यक्षमात्रै बन्न खोज्नु भएको छ किन त भन्ने प्रश्नमा तिर्थ आफुलाई जनस्तरमा रहेर गाउँकै सेवा गर्ने रहर जागेको हुनाले वडा अध्यक्षमा आफ्नो उम्मेदवारी दिएको उत्तर दिन्छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एसको तालमेलमा बनेको गठबन्धनका साझा उम्मेदवार बनेका तिर्थ नेकपा एमाले र नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्नेछन् । आफ्नो जागिरलाई आवश्यक पर्ने प्राविधिक शिक्षा र स्नातक सम्मको औपचारिक शिक्षा हासिल गरेका तिर्थले सेवा, सुविधा, मान पदवी सहितको जागिरनै छाडेर गाउँमा वडा अध्यक्षको हैसियतमा उम्मेदवारी दिएपछि गाउँबासी खुसी र उत्साहित बनेका छन् ।

279292979_505509891269664_3405577171918753089_n

स्वार्थ विना आफ्नो गाउँलाई केही दिन सकिन्छ कि भनेर राजनितिमा होमिएका तिर्थसँग जोश छ जागँर छ र केही गर्ने भोक छ, तर उनले संसारै परिवर्तन गर्ने सपना भने बोकेका छैनन् बोकेका छन् त त्यत्ति जसको आफ्नो गाउँ बनाउने सपना छ ।

देश र जनतालाई स्वास्थ्य सेवासँग जोडेर काम गरेका तिर्थ शिक्षा, स्वास्थ्य रोजगारी साथमा गाँस, बाँस र कपास त्यत्तिमात्रै पुरा गर्न सके धेरै हुन्छ अहिले ठुला कुरा त धेरैले गर्छुमात्रै भन्छन् न त गर्छन सपनामात्रै बाड्छन् । जनताको घरदैलोमा चाहार्दा अहिले राम्रो प्रतिक्रिया आएको तिर्थले सुनाए ।

नरदेवी अस्पताल काठमाण्डौ तथा सामाजिक विकास मन्त्रालय प्रदेश १ मा लामो समय काम गरेका आचार्य सूर्योदय नगरपालिका १३, लक्ष्मीपुरका स्थानीयबासी पनि हुन् । नेकपा (माओवादी) केन्द्रबाट उम्मेदवार बनेका आचार्य किसानले बालीनालीमा मलजल नपाएको, दुःखले उत्पादन गरेको बाली बेच्न नपाई बारीमै कुहिएकोजस्ता समस्याले आफूलाई उनीहरूको सेवामा लाग्न प्रेरित गरेको बताउँछन् ।

‘म राजनीति गर्न, राजनीतिको ठूलो खेलाडी बन्न वडाध्यक्षको उम्मेदवार भएको होइन,’ उनले सुनाए, ‘वडाका किसान र व्यवसायीको समस्या समाधान गरिदिन पाए मेरो सपना पूरा हुनेछ।’ आयुर्वेद स्वास्थ्यकर्मीको छाता संगठन नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजमा महासचिव, उपाध्यक्ष हुँदै एक कार्यकाल केन्द्रीय अध्यक्ष समेत बनेका आचार्यले हरेक मतदाताले माया गरेर जिताउनुहुन्छ भन्ने अपेक्षा रहेको प्रदेश पोर्टलसँग बताए ।