इटहरीः सरकारले हप्ताको दुई दिन विदा दिने निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थामा पनि शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ ।

गभर्नरको स्वीकृती पाएँसँग राष्ट्र बैँकले एक सुचना जारी गर्दै बैँक तथा वित्तीय संस्थाले पनि शनिवार आइतबार विदा दिने भएका छन् ।

त्यस्तै, दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखासमेत बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट हुने आटीजीएस सेवा सञ्चालन हुने भएका छन ।

मौद्रिक व्यवस्थापन विभागबाट हुने सेवालगायत अन्य अत्यावश्यक सेवा तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित सङ्ख्यामा कर्मचारीलाई खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यी बाहेक अन्य सेवामा भने शनिवार र आइतबार नियमित विदा हुने बताइएको छ ।

ती सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकता अनुसार कर्मचारी खटाउन पनि राष्ट्र बैकले निर्देशन दिइएको छ ।

आइतबार सार्वजनिक बिदा दिइने भएपछि जेठबाट कार्यालय समय बिहान साढे ९ बजेदेखि अपराह्न्न साढे ५ बजेसम्म कायम गरिएको छ ।

छोटा दिनहरु कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय सयम बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरु खुला हुने भएका छन । ती तीन महिनाको अवधीमा शुक्रबार भने बिहान साढे ९ बजेदेखि बेलुका साढे ३ बजेसम्म कार्यालय सञ्चालन हुनेछन् ।

विभाग, कार्यालय, महाशाखा र इकाइले प्रत्यक्ष सेवाग्राहीले एकैदिनमा सम्पन्न हुने एकै सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चतता गरी कार्य व्यवस्थापन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।