इटहरीः मतदाता परिचयपत्र सँगै निर्वाचन आयोगलले बुधवार र बिहीवार मतादाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने भएको छ ।

नयाँ मतदाताहरूलाई मत कसरी हाल्ने भन्ने जानकारी नभएको भन्दै आयोगले सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

आयोगको सम्बन्धित मतदाताको मतदान केन्द्रमै खटिने टोलीले मतदाता परिचय पत्र वितरण गर्ने र नमूना मतपत्रमा मत हाल्न सिकाउने बताइएको छ ।

निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौना अवधि सुरु भएको छ । मौन अवधिमा उम्मेदवार, नेता, कार्यकर्ताहरूले कुनै पनि प्रचारप्रसार र विभिन्न माध्यमबाट भोट माग्न पाउदैनन ।

अनुगमन टोलीले खटिसकेको र निर्वाचन आचारसंहिता विपरीत काम गरेको पाइएमा तत्काल कारबाही गर्नसक्ने अधिकार प्रदान गरेर अनुगमन टोलीलाइ रहेको आयोगको भनाइ छ ।