इटहरीः सुनसरी जिल्ला प्रशासन कार्यलयले इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३ सहित सुनसरीका ७ पालिकामा आज बिहिबार साँझ ८ बजेदेखि भोली शुक्रबार साझँ ५ बजेसम्म निषेध आदेश जारी गरेको छ ।

भोली बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको संवेदनशिलतालाई तथा निर्वाचन आचारसंहितालाई मध्यनजर गरी जिल्लाका ७ पालिका तथा वडामा अत्यावश्यक काममा सुरक्षा निकायसँग सम्वन्वय गरेर मात्रै व्यक्तिगत तथा सामुहिक हिसावले घरबाहिर निस्कन आदेश जारी गरिएको छ ।

279896997_533399881649835_8771670184173251272_n

निषेध आदेश जारी भएका पालिका तथा वडाहरुमा भोक्राहा नरसिंह गाउँपालिका पुरै, कोशी गाउँपालिका पुरै, हरिनगरा गाउँपालिका पुरै, देवानगन्ज गाउँपालिका पुरै, इटहरी उपमहानगरपालिकाको वडा नम्बर ३ रहेका छन् ।

त्यसैगरी दुहवी नगरपालिकाको वडा नम्बर १, ८ र ९ र इनरुवा नगरपालिकाको वडा नम्बर ३, ९ र १० का स्थानमा व्यक्तिगत तथा सामुहिक रुपमा बाहिर निस्कँदा सुरक्षा निकायसँगको सम्वन्वय गरेर मात्रै निस्कन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्धारा जारी निषेध आदेशमा खुलाईएको छ । निषेश ओदश मतदान गर्न जानका लागि भने अवरोध नहुने बताईको छ ।