इटहरीः इटहरी उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यको मत गणना उपमहानगरपालिकाको साँस्कृतिक भवनमा गरिने भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाए अनुसार सबै मतदान केन्द्रबाट मत पेटिका उपलव्ध भइसकेपछि मतगणनाको मिति र समय तोकिने छ । निर्वाचन अधिकृतको कार्यालय इटहरीले बिहिबार एक सुचना जारी गर्दै मत गणना हुने ठाउँको वरपर हात हतियार बोकेर नहिड्न सुचना जारी गरिसकेको छ ।

मतगणना गर्ने ठाउँबरपर विस्फोटक पदार्थ, लाठी, भाला, रसायनिक तथा विषालु पदार्थ, खुकुरी बन्दुक, पेस्तोल जस्ता हात हतियार लिएर हिड्ने , प्रदर्शन गर्ने काम नगर्न तथा नगराउन निर्वाचन अधिकृतको कायर्।लय इटहरीले अनुरोध गरेको छ । निषेध गरिएका कार्य गरेको पाइएमा दुई लाख रुपैँया जरिवाना तथा तीन बर्ष कैद वा दुवै सजाय हुन सक्ने निर्वाचन अधिकृत नारायण रिमालद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।