बराहक्षेत्रः नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका स्थानीय कार्यकर्ता सरोज भुजेलले तरुण दलका कार्यकर्तामाथी हातपात गरेका छन् ।

बराहक्षेत्र ५ स्थित जडेज माविको बुथ बाहिर गेटमा भुजेलले आफूमाथी हातपातको गरेको भिम लुइँटेलले बताए । लुइँटेलले भने, ‘बिना कुनै कारण युवा संघका भुजेलले म माथि हातपात गरेर अराजक शैली देखाएँ ।’ यसैबीच मतदान अधिकृत अधिकृतले भने मुडभेडको अबस्था नभएको तर सामान्य भनाभनको अबस्था आएको बताए ।