विराटनगरः प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपािलकाको मतगणना १० बजेबाट शुरु भएको छ । विहान ८ बजेबाट सुरु गर्ने भनिए पनि २ घण्टा ढिलो मतगणना शुरु भएको हो ।

उम्मेदवारहरुले मतगणना प्रतिनिधि पठाउन ढिलाई गर्दा मतगणना पनि ढिलो सुरु भएको हो । मुख्य निर्वाचत अधिकृतको कार्यालयका अनुसार सुरुवातमा विराटनगरका वडा नं १, २, १७, १८ र १९ नम्बरको मतगणना सुरु गरिएको छ ।

सीसी क्यामेरा जडान गरिएको गणनास्थललाई तालजालीले समेत घेरिएको छ । विराटनगरमा ८९ हजार ६७८ मत खसेको छ। महानगरमा १ लाख ३३ हजार १४२ मतदाता थिए ।