इटहरीः इटहरी उपमहानगरपालिकाको मतगणना शुरु भएको छ । इटहरीको सांस्कृतिक भवनमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा केही बेरअघिबाट मतगणना शुरु भएको हो ।

बिहान सर्वदलिय बैंठक सम्पन्न गरि बिहान ११ बजेबाटै मतगणना गर्ने निर्णय गरिएपनि बर्षाका कारण दलका प्रतिनिधिहरु मतगणना स्थलमा समयमा नआएकाले ढिलो गरि मतगणना शुरु भएको हो ।

जानकारी अनुसार अहिले इटहरी उपमहानगरपालिका वडा नम्बर १ र २० का मतपेटीका खोलेर मतगणना कार्य शुरु गरिएको हो । इटहरी वडा नम्बर १ मा ३ हजार ९१ मत खसेको छ । वडा नम्बर २० मा ४ हजार ९ सय १६ मत खसेको थियो ।