धरानः धरान उपमहानगरपालिकाको २ वटा वडाको १००÷१०० मतगणना गर्दा मेयरमा नेपाली कांग्रेसका किशोर राईले अग्रता लिएका छन् । यसअघि स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका थिए ।

धरानको वडा नम्बर १ र २ मा २ सय मत गन्दा नेपाली कांग्रेसका किशोर राईले ७१, स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ५८ मत ल्याएका छन्। एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ३६ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा माओवादी केन्द्र अइन्द्र बिक्रम बेघा ७६ र एमालेका पदम लिम्बू ४४ मत प्राप्त गरेका छन् ।