इटहरीः २०० मत गन्दा सुनसरीको रामधुनीमा मेयर पदमा कांग्रेसका उम्मेदवार सुदिप अधिकारी र एमालेका मेयर पदका उम्मेदवार शंकरलाल चौधरीले बराबर मत ल्याएका छन् । वडा नम्बर १ को मतगणना जारी छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकारी ९१ र चौधरीले ९१ मत ल्याएका छन् । उपमेयर पदमा एमालेकी तारा थापा ९२ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी आशा चौधरीले ९१ मत प्राप्त गरेकी छन् । त्यसैगरि वडाअध्यक्षमा कांग्रेसलाई ९० मत र एमालेलाई ८९ मत प्राप्त भएको छ ।