इटहरीः रामधुनी नगरपालिकामा १५ सय मत गणना हुदा नेकपा एमालेको अग्रता कायमै देखिएको छ ।

वडा नम्बर १, २ र ३ को १६ सय मत गनिसक्दा सम्मको मतपरिणाम हेर्दा एमालेले मेयर शंकरलाल चौधरीले ९३३ मत पाएका छन् । नेपाली कांग्रेसका सुदिप अधिकारीले ५१९ मत पाएका छन् ।

उपमेयरमा पनि एमालेकी तारा थापाको अग्रता छ । थापाले ८७५ मत ल्याउँदा नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार आशा चौधरीले ५२६ मत प्राप्त गरेकी छिन् । मत गणना कार्य जारी छ ।