इटहरीः इटहरीको पछिल्लो मत परिणाम अनुसार मेयर पदमा लोकतान्त्रिक गठबन्धनका हेमकर्ण पौडेलले नै अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाए अनुसार अहिले राती १० बजेर १० मिनेटसम्मको मतगणना अनुसार कांग्रेस तर्फबाट मेयर पदका उम्मेदवार पौडेलले ९८० मत प्राप्त गरेका छन् ।

एमालेका तर्फबाट मेयर पदका उम्मेदवार याम कुमार सुब्बाले ६२५ मत प्राप्त गरेका छन् । हालसम्मको नतिजा हेर्दा एमालेका सुब्बा भन्दा कांग्रेसका पौडेल ३५५ मतले अगाडी छन् ।
त्यसैगरि उपमेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत( समाजवादी)का केबशकुमार विष्टले ६६१ मत ल्याएका छन् ।

एमालेकी उपमेयर संगीता कुमारी चौधरीले ६७८ मत ल्याएकी छन् । उपमेयरमा विष्ट भन्दा चौधरी १७ मतले अगाडी छिन् । राप्रपाका मेयर पदका उम्मेदवार आकाश सुब्बाले १०० मत र उपमेयरले १२६ मत प्राप्त गरेकी छन् । आयोगका अनुसार इटहरीको वडा नम्बर १,२, १९ र २० को मतगणना जारी रहेको छ ।

280144638_119502964084080_6674578237979675365_n (1)