विराटचोकः सुन्दरहरैंचाका वडा नम्बर १, २, ११ र १२ मा गरी हालसम्म ८ सय मतको गणना गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म मेयर पदमा निवर्तमान मेयर शिवप्रसाद ढकाल ३५९ मतका साथ अगाडि छन् । नेकपा एमालेका केदारप्रसाद गुरागाईले ३०३ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर खत्रीले १२, मंगोल नेशनल अर्गनाइजेशनका कृष्णदेव राईले १ र स्वतन्त्र उम्मेद्वार प्रकाश भट्टराईले १ मत पाएका छन् । मेयर पदका अन्य ६ जना उम्मेद्वारले शून्य मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी अकली चौधरीले ३३४ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले १८४, नेकपा एकीकृत समाजवादीका महेशकुमार आचार्यले २५ र राप्रपाकी सुमित्रा बस्नेतले १७ मत पाएका छन् ।

विवेकशील साझाकी सन्ध्या दाहालले २, स्वतन्त्र उम्मेद्वार कमलादेवी अधिकारीले १ मत पाएका छन् । अन्य २ जना उम्मेद्वारले शून्य मत पाएका छन् ।