धरानः धरान उपमहानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रि गठबन्धनका तर्फबाट मेयर तथा उपमेयर पदमा उम्मेदवारी दिएकाहरुले नै फराकिलो मत अन्तरले अग्रता कायमै राखेका छन् ।

एक घण्टाअघिसम्मको मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईले १३४० मत ल्याएका छन् । उनलाई स्वतन्त्र मेयर पदका उम्मेदवार हर्क साम्पाङले ९२२ मत ल्याएर पछ्याएका छन् ।

एमालेको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएकी मञ्जु भण्डारीले ७०६ मत ल्याएकी छन् । धरानमा वडा नं १,२,३ को ३५०० मतगणना गर्दा उपमेयर तर्फ परिणाम माओवादी केन्द्रबाट गठबन्धनका अईन्द्र विक्रम बेघा १४२९ र पदम इस्बो लिम्बूले ८३४ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ ।