इटहरीः सुनसरीमा नेकपा एकीकृत( समाजवादी)ले विजय शुरुवात गरेको छ । जिल्लाको हरिनगर गाँउपालिकामा वडा नम्बर ७ मा नेकपा एकीकृत( समाजवादी)ले वडाअध्यक्ष सहित प्यानलै विजयी हासिल गरेको छ । आयोगले औपचारिक रुपमा विजयी उम्मेदवारको नाम घोषणा गर्न भने बाँकी छ ।

 नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार मोजमिम्ल खानले ५६६ विजयी भएका छन् । त्यसैगरि सोही पार्टीका तर्फबाट उम्मेदवार बनेका महिला सदस्यमा शैमुल खातुन ५४३,दलित महिल सदस्यमा बविता देवि सरदार ५४० र खुल्ला सदस्यमा तफैजुल अन्सारी ५०७ र सहिद अन्सारी ५०७ मत ल्याई विजयी भएका हुन् ।

कांग्रेसका उम्मेदवारले ३८७ मत र एमालेका उम्मेदवारले ३६८ मत मात्र प्राप्त गरेका छन् ।  सो वडामा १९६८ मत खसेको थियो । 

280858964_5062172910515820_3004277097497884297_n (1)