इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २० को पछिल्लो मत परिणाम अनुसार मेयर र उपमेयर पदमा लोकतान्त्रि गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका हेमकर्ण पौडेल र नेकपा एकीकृतका केशबकुमार विष्टले अग्रता कायमै राखेका छन् ।

अहिले ४ बजेर ३८ मिनेटसम्मको मतगणना अनुसार वडा नम्बर २० मेयर पदका उम्मेदवार कांग्रेसका हेमकर्ण पौडेलले १ हजार ८ सय ४२ मत ल्याएका छन् । उपमयेर पदका उम्मेदवार एकीकृत समाजवादीका केशबकुमार बिष्टले १ हजार ३ सय ६० मत ल्याएका छन् ।

त्यसैगरि नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार यामकुमार सुब्बाले १ हजार २ सय ७८ मत प्राप्त गरेका छन् । एमालेकै उपमेयर पदकी उम्मेदवार संगीता कुमारी चौधरीले १ हजार २ सय ८५ मत प्राप्त गरेकी छन् ।

सो वडामा वडाअध्यक्ष पदका उम्मेदवार गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका मणिराम श्रेष्ठले १ हजार ८ सय ७० मत प्राप्त गरि अग्रस्थानमा छन् । एमालेका राजकुमार राईले १ हजार २ सय ५६ मत प्राप्त गरेका छन् । सो वडामा अन्य सदस्य पदमा पनि गठबन्धनकै उम्मेदवारहरुले अग्रता लिईरहेका छन् ।

281030729_119615800739463_7326099240115610434_n