विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका शिवप्रसाद ढकाल र उपमेयरमा नेकपा एमालेकी अक्कली चौधरीको अग्रता कायमै छ । मेयर पदका ५ जना उम्मेद्वार र उपमेयर पदका १ जनाले शून्य मत पाएका छन् ।

आज बिहान साढे ४ बजेसम्ममा वडा नम्बर १, २, ११ र १२ को २२०० मत गनिसकिएको छ । जसमध्ये मेयरमा ढकालले ९९३ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी गुरागाईँले ८५९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर खत्रीले २७ मत ल्याएका छन् ।

उपमेयर पदमा नेकपा एमालेकी अकली चौधरीले ९२६ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले ५३१ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका महेशकुमार आचार्यले ५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सुमित्रा बस्नेतले ५५ मत ल्याएकी छिन् ।