इटहरीः आइतबार बिहान साढे पाँच बजेसम्मको ताजा अवस्था अनुसार इटहरीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसमा उम्मेदवार हेमकर्ण पौडेलले करिव ७ सय मतले एमालेलाई पछि पारेका छन् ।

वडा नम्बर १,२, १९ र २० को गणनाा भइरहेको मत परिणाम अनुसार गठबन्धनमा मेयर उम्मेदवार हेमकर्ण पौडेलले २ हजार ६ सय ६२ मत ल्याउँदा नेकपा एमालेका याम कुमार सुव्वाले १ हजार ९ सय ३४ मत प्राप्त गरेका छन् ।

यता उपमयेयरमा भने नेकपा एमालेको अग्रता छ । एमालेकी संगीता कुमारी चौधरीले २ हजार ४८ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार केशव कुमार विष्टले १ हजार ८ सय ३ मत पाएका छन् । उता राप्रपाका मेयर उम्मेदवारले २ सय ७८ र उपमेयर उम्मेद्वारले ३ सय ५६ मत पाएका छन् भने मेयरमा लोसपाले १८ र जसपाले ८ मत पाएका छन् ।