इटहरीः इटहरी १९ मा वडा अध्यक्षका उम्मेदवार श्रीनारायण चौधरीको अग्रता देखिएको छ ।

आइतबार बिहान ५ बजेर ३७ मिनेट सम्मको मतगणना परिणाम अनुसार एमालेका वडा अध्यक्ष उम्मेदवारले २ सय मत ल्याउँदा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार दुर्गा प्रसाद पौडेलले १ सय ७२ मत पाएका छन् । 

नेकपा एमालेको महिला सदस्य उम्मेदवार इन्दिरा राईले २ सय दलित महिला सदस्य उम्मेदवारले १ सय ९० र खुल्ला सदस्यले १ सय ७० र २०७ मत पाएका छन् । नेपाली कांग्रेसकी महिला सदस्य नौमती राईले १ सय ५१ म्त पाएकी छन् भने माओवादी केन्द्रकी दलित महिला सदस्यले ७६ मत प्राप्त गरेकी छिन् । खुल्ला सदस्यमा नेपाली कांग्रेसले १५० र १८२ मत पाएका छन् । वडा नम्बर १९ मा राप्रपाका वडा अध्यक्ष उम्मेदवार तनक बहादुर पुरीले ८ मत ल्याएका छन् ।