इटहरीः इटहरी उपमहानगरको वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमालेको अग्रता छ । आइतबार बिहान ५ बजे सम्मको रेकर्ड अनुसार एमालेका उम्मेदवार माधव कोइरालाले २ सय १७ मत ल्याउँदा नेपाली कांग्रेसमा उम्मेदवार राजु बस्नेतले १ सय ८२ मतले पछ्याउँदैछन् ।

वडा नम्बर २ मा राप्रपाका वडा अध्यक्ष उम्मेदवारले १६ र संघीय लोकतान्त्रिक राष्टिय मञ्चमा उम्मेदवारले ६ मत पाएका छन् । उता खम्बुवान राष्ट्रिय मोर्चाको वडा अध्यक्ष उम्मेदवारले २ मत ल्याएका छन् ।

जारी रहेको मतगणनामा महिला सदस्य तर्फ नेकपा एमालेको २४६ र कांग्रेसको १ सय २९ मत छ भने दलित महिला सदस्यमा एमालेले २३८ र राप्रपाको २५ मत छ । खुल्ला सदस्यमा एमालेको क्रमश २१६ र २११ मत आएको छ भने कांग्रेसले एउटा खुल्ला सदस्यमा ९३ मत पाएको छ ।