इटहरीः रामधुनी वडा नम्बर १ मा १३ सय मत गणना भईसक्दासम्म वडा अध्यक्षमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

वडा नम्बर १ मा नेपाली कांग्रेसमा वडा अध्यक्ष उम्मेदवार महेश चौधरीले ४ सय ७५ मत ल्याउँदा एमालेका वडा अध्यक्ष उम्मेदवार राम कुमार चौधरीले ४ सय २ मत पाएका छन् ।
नेपाली कांग्रेसको महिला सदस्यले ५ सय ८ मत पाएकी छन् भने एमालेकी महिला सदस्यले ४ सय ३८ मत पाएकी छन् ।

यता दलित महिला सदस्यमा एमालेको ४३६ मत छ भने कांग्रेसको ५ सय ५० मत आएको छ । खुल्ला सदस्यमा एमालेका ४६२ र ४७० छ भने कांग्रेसको ४९८ र ५२९ मत आएको छ । मतगणना कार्य जारी छ ।