सातौँ वातावरण साहित्य गोष्ठी हुँदै

  • जेठ २, २०७९
  • २०६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

लन्डनः इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गर्न लागेको हो ।

महासंघको शुक्रबार सम्पन्न कार्य समितिको बैठकले जून ५ तारिख आइतबारका दिन सातौँ वातावरण साहित्य गोष्ठी गर्ने निर्णय गरेको अध्यक्ष विजय हितानले बताए । सन् २०१६ देखि यूकेमा नियमित रूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पनि इको साहित्य उपर चर्चा परिचर्चासहित पर्यायवरणीय सिर्जना वाचन कार्यक्रम राखिने उनले बताए । ‘इको साहित्यलाई थप व्यापक बनाउन हामीले वातावरण साहित्य गोष्ठी गर्दैछौँ ।

यस वर्ष सातौँ संस्करण भर्चुअल रूपमा जुममा हुँदैछ,’ कार्यक्रम संयोजक समेत रहेका हितानले भने, ‘पर्यावरण साहित्य उपर चर्चा चल्नेछ । त्यस्तै, बेलायत र अन्य मुलुकबाट जम्मा भएका साहित्यकारहरूले इको सिर्जना सुनाउनेछन् ।’ चर्चित कवि एवम् सञ्चारकर्मी विमला तुम्खेवालाई प्रमुख अतिथिका रूपमा गोष्ठीमा निम्त्याइने उनले जनाए । त्यस्तै, पर्यावरण र नारीकेन्द्रित समालोचना पुस्तकका लेखक डा. गीता त्रिपाठी र पर्यावरण साहित्यमा विद्यावारिधि तहमा अध्ययन गर्दै गरेका हरिप्रसाद काफ्लेलाई वक्ताका रूपमा बोलाउने तयारी गरिरहेको हितानले जानकारी दिए । सन् १९७४ बाट मनाउन थालिएको विश्व वातावरण दिवस प्रत्येक वर्ष जून ५ मा मनाइन्छ ।

कार्यक्रमका दिन महासंघले तयार पार्दै गरेको आधा दर्जन बढी इको गीतहरूको सार्वजनिकीकरण हुने सचिव अमित थेवेले बताए । उनका अनुसार उपाध्यक्ष समेत रहेका संगीताकार थिर थापा मगरले उक्त परियोजनालाई संयोजन गरिरहको र विश्व वातावरण दिवसका दिन गीतहरू सार्वजनिक गरिने जनाए ।

त्यसैगरी, गत वर्षको जून ५ र ६ मा आयोजित दुई दिने छैटौँ वातावरण साहित्य गोष्ठीमा सहभागी सर्जकहरूमध्ये उत्कृष्ट ठहरिएका दुई जनालाई वातावरण साहित्य पुरस्कार प्रदान गरिनेछ । इको मुक्तक वाचनमा काठमाडौँकी सीता भण्डारी कणेल र संखुवासभा घर भई जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट मुक्तककार घोषित भएकी थिइन् । उनीहरूलाई जनही दस हजार रूपैयाँ र प्रमाणपत्र समेत प्रदान गरिनेछ । गत वर्ष करिब छ दर्जन बढी सर्जकहरूले इको सिर्जना वाचन गरेका थिए ।

महासंघको बैठकमा सल्लाहकारहरू विश्वासदीप तिगेला, औतारी साइँला गुरुङ, गणेश पुन, सहसचिव लाहाङ चेम्जोङ, मिडिया सचिव विश्वजीत थापाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

पोल ढलेपछि चार दिनदेखि अन्धकारमा त्रियुगा र चौदण्डीगढी

इटहरीः गत शनिबार आएको बाढीले ढलेको पोल मर्मत नहुँदा उदयपुरको उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिक ...

प्रदेश १ की नवनियुक्त प्रदेशसभा सदस्य हिमा बस्नेतद्वारा सपथ ग्रहण

इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभामा नवनियुक्त समानुपातिक सांसद हिमादेवी बस्नेत (भट्टराई) को सप ...

विमानस्थल र उपत्यका ट्राफिक प्रहरी डीआईजीको कमाण्डमा

इटहरीः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी शिक्षालय भरतपुर र उपत्यका ट्राफ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved