इटहरीः ‘आँखाभरी सपना र झोला भरी किताव बोकेर विद्यालय जाने हाम्रो सपनालाई पखेँटा लगाईदिने काम विद्यालयले गरेको छ ’ रामधुनी ५ को लर्डबुद्ध इन्टरनेशनल स्कुलकी छात्रा स्वर्णिमाले यति भनिरहँदा मञ्चमा विराजमान अतिथी हुन् या त टेन्टमा भरिएका अविभावक र विद्यार्थी सबैलाई निकै भाबुक बनायो ।

२५६६ औँ बुद्ध जयन्तीको अवसर पारेर स्वर्णिमा अध्ययनरत विद्यालय रामधुनीको लर्डबुद्ध इन्टरनेशनल स्कुलले आयोजना गरेको स्वागत सम्मान तथा विदाई कार्यक्रममा मञ्चमा उपस्थित भएर मन्तव्य व्यक्त गर्दै गर्दा स्वर्णिमामा सुनौलो भविश्य यहिबाट सम्भव छ भन्ने भाव व्यक्त गर्दैथिइन् । आफुलाई लर्डबुद्धले महान मान्छे भन्दा पनि असल मान्छे बन्नु पर्छ भन्ने सिकाएको बताईन् । दुःखमा आत्तिनु हुँदैन सुःखमा मात्तिनु हुँदैन भन्ने पनि आफुले विद्यालयबाट सिकेको बताउँदे खड्का २०७७ को एसइई परिक्षामा लर्डबुद्धबाट उत्कृष्ट अंक ल्याएर उत्तिण भएको भन्दै सम्मानित हुँदै थिइन् ।

२०७६ सालदेखि कोरोना र अन्य विविध कारणले यस्तो कार्यक्रम गर्न नपाएको भन्दै लर्डबुद्धले २०७७, ०७८ र ०७६ सालको एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान र १२ कक्षा उत्तिण भएर उच्च शिक्षाका लागि कलेजमा जाने विद्यार्थीहरुलाई विदाईको कार्यक्रम समेत रोखेको थियो ।

279935299_968609623847482_2347358768856465485_n

रामधुनी नगरभित्रका संस्थागत विद्यालयहरुको राम्रो स्थानमा रहेको लर्डबुद्ध सर्वगुण सम्पन्न रहेको र उत्कृष्ट व्यवस्थापन देखि लिएर हरेक विषयका हेड अफ डिपार्टमन्ट समेत राखेर उत्कृष्ट शिक्षा प्रदानमा लागिरहेको विद्यालयका एकेडेमिक को–अर्डिनेटर सन्तोष चौधरीले बताए । आफुहरुसँगै पढेका विद्यार्थीहरु देश तथा विदेशमा गएर विशिष्ट स्थानमा पुगिसकेको बताउँदै चौधरीले अरुलाई कमसल र आफुलाई अव्वल भन्ने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिए । आउने दिनमा कक्षा ११ र १२ पढ्न अन्त जानुपर्दैन हामीनै गुणस्तरिय शिक्षाका लागि तत्पर छौँ भन्ने भनाई चौधरीको थियो ।

कार्यक्रममा निम्त्याईएका प्रमुख अतिथि शिक्षा संम्वन्वय ईकाई सुनसरीका रमेश बहादुर दाहालले विद्यार्थीले आफँै संचालन गरेको कार्यक्रम उत्कृष्ट नमुना भएको भन्दै प्रशंसा गरेका थिए ।विद्यार्थीले कस्तो विद्यालय छान्ने भन्नका लागि आफ्नो बच्चाको अनुहारमा सन्तुष्टि हेर्नुपर्ने दाहालको भनाई थियो । विद्यार्थीले आफुले विद्यालयमा पढ्दैगर्दा हरेक हिसावमा आफु सुरक्षित छु भन्ने भएमात्रै उक्त विद्यालयलाई रोज्ने भएकाले विद्यार्थीको मुहारमा प्रशन्नता ल्याउने कोशिस गरिराख्न संस्थागत विद्यालयहरुलाई आग्रह गरे । भाषीक अव्वलताको कारण अन्य विषयको सन्तुलत नविग्रियोस भन्नका लागि नीजि विद्यालय संचालकहरुले ध्यान दिनुपर्ने दाहालको भनाई थियो ।

280775299_1433100123794752_4279313986036429094_n

कार्यक्रममा बोल्दै हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले विद्यार्थी र सहकर्मीहरुलाई सम्मान गर्ने राम्रो संस्कारको विकास लर्डबुद्धले गरेको भन्दै प्रसंशागर्न भ्याए । अव रामधुनीमा उच्च शिक्षाका लागि कलेजहरुको आवश्यकता भइसकेकोले त्यो लर्डबुद्धले नेतृत्व लिएर कलेजको स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । तीनै शिक्षकहरुले कवि, एक्टर, डाक्टर देखि अफिसरसम्म उत्पादन गर्ने र देशका कर्णधार उत्पादन गर्ने लर्डबुद्ध जहाँको त्यहिँ हुने अवस्था रहेकाले त्यसका लागि विद्यालयहरुले पनि के दिए त त्यसको पनि लेखाजोखा हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा झुम्का जेसिज बर्ष २०२२ का प्रिसिडेन्ट द्धारिका घिमिरेले शिक्षालाई व्यवसायीकरण गरिनु नहुने र शिक्षामा पहुँच नपुगेकाहरुलाई पहुँचभित्र ल्याइनुपर्ने आवश्यकतालाई औल्याए । उत्कृष्ट काम गरौँ भन्ने बुद्धको सन्देशलाई साकार पार्न हामी संसारमा आएको बताउँदै घिमिरेले लर्डबुद्धका विद्यार्थीहरुलाई क्षमता विकास तालिमको आवश्यक परे आफुहरु त्यसका लागि तयार रहेको समेत बताए ।

280836954_513899327187484_7704133037371736817_n

कार्यक्रममा बोल्दै लर्डबुद्धका प्राचार्य अर्जुन न्यौपानेले आफु लर्डबुद्धलाई बालमैत्री विद्यालयको रुपमा विकास गर्ने क्रममा रहेको र अवको २ बर्षभित्रै कक्षा पाँच सम्म हरेक कक्षामा पुस्तकालयको विकास गरेर विद्यार्थीले पढ्न चाहेको किताव पढ्ने व्यावस्था मिलाउने उदघोष गरे । उनले आफुहरु गुणस्तरीय शिक्षाको साथै शिक्षकहरुलाई पनि लामो समयसम्म सेवा दिने वातावरण लर्डबुद्धले सिर्जना गर्ने बताए ।

लर्डबुद्धकै छात्राहरु पुनम बस्नेत, बेनिसा बास्तोला, सनम बस्नेत र छात्र धिरज कार्कीले संचालन गरेको कार्यक्रम विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुतीले सुन्दर बनाएको थियो । कार्यक्रममा झुम्का जुनियर जेसिका मेलिनियम निरौला, पञ्चायत विद्यामन्दिरका प्रिन्सिपल, भासि माविका टिकाराम दाहाल, राइजिङ्ग स्टार बोर्डिङ्ग स्कुलका प्रिन्सिपल लगायतको उपस्थिती रहेको थियो ।

280736553_526605749059940_6958702116087429232_n