इटहरीः एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। मेयरमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टोकबहादुर वाइवा विजयी भए । यस्तै उपमेयरमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार विष्णुमणि नेपाल भारी मतान्तरका साथ विजयी भएका हुन् ।

मण्डनदेउपुर पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर हो । उनको वडामा भने एमालेले प्यानलै जितेको भए पनि नगरपालिकामा भने जित्न सकेन । यस अघि एमालेका तर्फबाट जितेका टोकबहादुर वाइवा अहिले एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छन् । उनै वाइवा फेरि मेयर बनेका हुन् ।

मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १,४,५ र ७ मा एमाले विजयी भएको छ । यस्तै २,३, ६,९, १०, ११ र १२ मा नेपाली कांग्रेसले जित हात पारेको छ । यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेको छ। यस वडामा ३ जना सदस्य कांग्रेसले जितेको छ भने एक जना माओवादी केन्द्रले जितेको छ। वडा नम्बर १ मा कांग्रेस ४ मतले पराजित भएको छ ।

मण्डनदेउपुरमा १२ वटा वडाहरू रहेका छन् भने यहाँ २१ हजार ९३५ मत खसेको छ।

unnamed (2)