इटहरीः रामधुनी नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार केशव गौतम सहित प्यानलनै विजयी भएको छ ।

गौतमले १ हजार ८ सय ८५ मत ल्याएर विजय हासिल गरेका हुन् । यसैगरी महिला सदस्यमा सन्चरी चौधरीले १८२४ मत, दलित महिला सदस्यमा तेतरी खत्बेले १ हजार ८ सय ३७ मत ल्याई विजयी भइन् ।

खुल्ला पहिलो सदस्यमा बासु देब माझीले १ हजार ७ सय ४९ मत र खुल्ला दोस्रो सदस्यमा श्रवण कुमार चौधरीले १ हजार ७ सय २१ मत ल्याउँदै प्यानलै विजयी भएका हुन् । वडा अध्यक्षमा विजयी बनेका गौतम यस अघि पनि वडा अध्यक्ष थिए ।