इटहरीः प्रदेश एकको एकमात्र महानगर विराटनगर महानगरपालिकामा ताजा मत परिणाम अनुसार गठबन्धनका तर्फबाट नेपाली कांग्रेसमा उम्मेदवार नागेश कोइराला झण्डै ५ हजार मतले अग्रस्थानमा देखिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार नागेशले नेकपा एमालेका उम्मेदवार सागर थापाको तुलनामा चार हजार ८३५ मतले अग्रता लिएका छन् । कोइरालाले १९ हजार १७३ मत पाउँदा थापाले १४ हजार ३३८ मत पाएका छन् ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव ६ हजार १८७ मत पाएका छन् भने राप्रपाका प्रल्हाद साहले तीन हजार ७०८ मत ल्याएका छन् ।उपप्रमुखतर्फ नेकपा एमोलेकी शिल्पा कार्कीले गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवसँग ६ हजार ७३७ मतको अग्रता बनाएकी छन् ।

शिल्पाले १६ सय ५५२ मत पाएकी छन् भने जसपाका उम्मेदवार यादवले नौ हजार ८१५ मत ल्याएका छन्।यस्तै, राप्रपाकी उम्मेदवार विन्दा लुइँटेल आचार्यले चार हजार ४९३ मत पाएकी छन् भने माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले तीन हजार ५४९ मत ल्याएकी छन् । विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार मतदाता रहेकोमा ८९ हजार ६७८ मत खसेको छ ।