सप्तरीः सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा पाँच हजार ३ सय ९२ मत प्राप्त गरेर जितेन्द्रप्रसाद गुप्ता (नुनु) विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दिपेन्द्र चौधरीले ४ हजार एक सय ४३ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा नेकपा (एकीकृत समाजवादी)कै अनिता चौधरी ४ हजार ९ सय ९८ मत ल्याएर विजयी भएकी छन् भने काङ्ग्रेसकी कल्पनाकुमारी सरदारले ४ हजार २ सय ७१ मत ल्याएर पराजित भइन् ।