केराबारीः मोरङ्गको केराबारी गाउँपालिकामा नेकपा एमालेले बर्चस्व कायम गरेको छ। निर्वाचन भएका ५२मध्ये अध्यक्ष र उपाध्यक्षसहित ४१ सदस्य जित्दै एमालेले गाउँपालिकामा बर्चस्व कायम गरेको हो।

गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङ्गचिङ्ग मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका हुन्। अध्यक्षले ७ हजार ८ सय १०मत प्राप्त गरेर सुमन मिरिङ्गचिङ्ग निर्वाचित हुँदा ७हजार २सय ६७मत प्राप्त गर्दै मनमाया मगर उपाध्यक्षमा निर्वाचित भईन।

अध्यक्षका प्रत्यासी गठबन्धनबाट कांग्रेसको प्रतिनिधित्व गरेका निवर्तमान अध्यक्ष रोहित कार्कीले ६हजार ३सय ९०मत प्राप्त गर्दा तेश्रो स्थान हासिल गरेको माओबादी केन्द्रका तिलक मगरले २हजार १सय २०मत प्राप्त गरेका छन्।

उपाध्यक्षकी प्रत्यासी गठबन्धनबाट नेकपा एकिकृत समाजबादीको प्रतिनिधित्व गरेकी शुभद्रा राईले ६हजार ४सय २८मत अनि तेश्रो स्थान हासिल गरेको माओबादी केन्द्रकी इन्दिरा दाहालले आफ्नै अध्यक्षका उम्मेद्वारको भन्दा १सय ७१ बढि २ हजार २सय ९१मत प्राप्त गरेकी छन्।

केराबारीको वडा नम्बर १मा एकजना महिला सदस्य निर्बिरोध निर्वाचित भएकी थिईन भने अन्य ५१जनाका लागि निर्वाचन भएको थियो। बिभिन्न वडामा गरेर नेकपा एमालेका ४१जना निर्वाचित भएका छन्। यस्तै कांग्रेसका ८जना निर्वाचित भएका छन्। माओबादी केन्द्रका २जना निर्वाचित भएका छन्।

img-4706

को को निर्वाचित भए माओबादी केन्द्रबाट ?

केराबारीमा नेकपा माओवादी केन्द्रले एउटा मात्र वडाध्यक्ष जितेको छ भने एकजना वडा सदस्य (खुल्ला सदस्य–१)मा जितेको छ। केराबारी ६मा माओबादी केन्द्रका उपेन्द्र लुंगेली मगरले ७ सय ५८ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुँदा एमालेका मेघराज राईले ५सय ८७मत प्राप्त गरेका छन्। यस्तै (खुल्ला सदस्य–१)मा जितेका गोपाल बस्नेतले ६सय ७९मत प्राप्त गर्दा एमालेका कमल घलेले ६सय १७ मत प्राप्त गरेका छन्। कांग्रेसका गञ्जसिंह मगरले ४सय ६५ मत प्राप्त गर्दै तेश्रो स्थान हासिल गरेका छन्।

को को निर्वाचित भए कांग्रेसबाट ?

केराबारी १मा नेकपा एमालेकी महिला सदस्य बिरुद्द निर्वाचन आयोगमा उजुरी परेपछि एमाले उम्मेद्वारको उम्मेद्वारी खारेजी हुँदा नेपाली कांग्रेसकी कमला राई निर्बिरोध निर्वाचित भएकी छन्।

यस्तै केराबारी वडा नम्बर ८मा नेकपा एमालेका टिकाराम चापागाँईलाई तीन मतले पछि पार्दै नेपाली कांग्रेसका कमल बस्नेत निर्वाचित भएका छन्। चापाँगाँईले ८सय ५५ मत प्राप्त गर्दा बस्नेतले ८सय ५८ मत प्राप्त गरेर निर्वाचित भए।

यस्तै वडा नम्बर ९मा नेपाली कांग्रेसले वडाध्यक्ष र एकजना वडा सदस्य जितेको छ। केराबारी ९मा नेकपा एमाले केराबारीका सचिवसमेत रहेका भिम कार्कीलाई ५४मतले पछि पार्दै नेपाली कांग्रेसका ३०बर्षीय युवा गोपाल राई निर्वाचित भएका छन्। राईले एक हजार २सय २४ मत प्राप्त गर्दा कार्कीले एक हजार १सय ७०मत प्राप्त गरेका छन्। यस्तै वडा सदस्य(खुल्ला सदस्य–२)मा १हजार १सय ८३मतका साथ बिजयी भएका छन्। (खुल्ला सदस्य–२)मा एमालेका नरबहादुर गुरुङ्गले १हजार १सय ४मत मात्र प्राप्त गरेका छन्।

यसैगरी केराबारी ४मा भने नेपाली कांग्रेस प्यानलसहित निर्वाचित भएको छ। केराबारी ४मा निबर्तमान वडाध्यक्षसमेत रहेका एमालेका इन्द्र याम्फु राईलाई १सय ३४मतले पराजित गर्दै कांग्रेसका शिव तामाङ्ग निर्वाचित भएका छन्। तामाङ्गले ५सय ५मत प्राप्त गरेका छन् भने याम्फुले ३सय ७१मत प्राप्त गरेका छन्।

केराबारी ४को महिला सदस्यमा दयादेवी कटवाल(कार्की) ५सय मत प्राप्त गरेर निर्वाचित हुँदा एमालेकी शान्तमाया राईले ३सय ७८मत प्राप्त गरेकी छन्। दलित सदस्यमा ४ सय ९९मत ल्याएर निर्वाचित हुँदा एमालेकी लिलामाया बिश्वकर्माले ३ सय ७६मत प्राप्त गरेकी छन्।

वडा सदस्य(खुल्ला सदस्य–१)मा ४सय ९९मतका साथ चन्द्रप्रसाद तामाङ्ग निर्वाचित हुँदा एमालेका रुद्रमान राईले ३सय ६७मत प्राप्त गरेका छन्। त्यसैगरी वडा सदस्य(खुल्ला सदस्य–२)मा टेकबहादुर राई ४सय ९९मतका साथ बिजयी हुँदा एमालेका लक्ष्मण तामाङ्गले ३सय ६०मत प्राप्त गरेका छन्।

wada-1 (2)

नेकपा एमालेबाट निर्वाचित हुनेहरु

वडा नम्बर १बाट वडाध्यक्षमा १४मतान्तरले शरण मगर निर्वाचित भएका छन्। मगरले ६सय ६२मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दि कांग्रेसका चन्द्रसिंह लिम्बुले ६सय ४८मत प्राप्त गरेका छन्। यस्तै दलित महिला सदस्यमा ६सय ६६ मत प्राप्त गर्दै तारा बिश्वकर्मा निर्वाचित हुँदा कांग्रेसकी खुमादेवी बिश्वकर्माले २१ मत कम ६सय ४५ मत प्राप्त गरेकी छन्।

वडा सदस्य(खुल्ला सदस्य–२)मा ६सय ६६मतका साथ बुद्दबीर लिम्बु निर्वाचित हुँदा कांग्रेसका बिबि राईले ६सय ४१ मत प्राप्त गरेका छन्। त्यसैगरी वडा सदस्य(खुल्ला सदस्य–१)मा ६सय ५६मतका साथ टेकबहादुर मगर बिजयी हुँदा कांग्रेसका चक्रबहादुर मगर ६सय ३९मत प्राप्त गरेका छन्।

वडा नम्बर २ बाट वडाध्यक्षमा १सय ६५ मतान्तरले प्रेम लिम्बु निर्वाचित भएका छन्। लिम्बुले ७सय ६मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दि कांग्रेसका कालुराम खड्काले ५सय ४१ मत प्राप्त गरेका छन्। महिला सदस्यमा संगिता मगर ६सय ८१ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी कृष्णमाया लिम्बुले ५सय ४५मत प्राप्त गरेकी छन्। यस्तै दलित महिला सदस्यमा ६सय ७६ मत प्राप्त गर्दै बालकुमारी नेपाली निर्वाचित हुँदा कांग्रेसकी रामकुमारी परियारले १सय ५८ मत कम ५सय ४७ मत प्राप्त गरेकी छन्।

वडा सदस्य(खुल्ला सदस्य–१)मा ६सय ८५मतका साथ बुद्दबीर लिम्बु निर्वाचित हुँदा कांग्रेसका जैमाया लिम्बुले ५ सय ३१ मत प्राप्त गरेका छन्। त्यसैगरी वडा सदस्य(खुल्ला सदस्य–२)मा ६सय ७१ मतका साथ नगेन्द्रकुमार खान ठकुरी बिजयी हुँदा कांग्रेसका पुर्णबहादुर लिम्बु ५सय २०मत प्राप्त गरेका छन्।

वडा नम्बर ३बाट वडाध्यक्षमा ९६मतान्तरले रामचन्द्र शाही निर्वाचित भएका छन्। शाहिले ५सय १०मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दि कांग्रेसका डम्बर बहादुर ठकुरीले ४सय १४ मत प्राप्त गरेका छन्। महिला सदस्यमा छोटिमाया लिम्बु ५सय १५ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी हरिमाया श्रेष्ठले ४ सय ८ मत प्राप्त गरेकी छन्। यस्तै दलित महिला सदस्यमा ५सय ४४ मत प्राप्त गर्दै हेमा बिश्वकर्मा निर्वाचित हुँदा कांग्रेसकी संगिता मग्रातीले ४सय ३ मत प्राप्त गरेकी छन्।

unnamed (2)

वडा सदस्य(खुल्ला सदस्य–१)मा ५सय ३० मतका साथ आरपी मगर निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर मगर ४ सय ३मत प्राप्त गरेका छन्। त्यसैगरी वडा सदस्य(खुल्ला सदस्य–२)मा ४ सय ९८मतका साथ डम्बरबहादुर तामाङ्ग निर्वाचित हुँदा कांग्रेसका सुवास तामाङ्गले ३सय ९६मत प्राप्त गरेका छन्।

वडा नम्बर ५बाट वडाध्यक्षमा १सय ८६मतान्तरले अजय लिम्बु निर्वाचित भएका छन्। लिम्बुले ९सय ८५मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दि कांग्रेसका राम राईले ७ सय ९९मत प्राप्त गरेका छन्। महिला सदस्यमा फुलमाया मगर ९सय ४४ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी पविता राईले ८ सय ५७ मत प्राप्त गरेकी छन्। यस्तै दलित महिला सदस्यमा ९सय ५१ मत प्राप्त गर्दै मनमाया बि.क.निर्वाचित हुँदा कांग्रेसकी तिर्थामाया बिश्वकर्माले ८सय ४४ मत प्राप्त गरेकी छन्।

वडा सदस्य(खुल्ला सदस्य–१)मा ९सय २५मतका साथ प्रेमबहादुर तामाङ्ग निर्वाचित हुँदा कांग्रेसका टेकबहादुर मगर ८ सय १२ मत प्राप्त गरेका छन्। त्यसैगरी वडा सदस्य(खुल्ला सदस्य–२)मा ९सय मतका साथ बिष्णु राना मगर निर्वाचित हुँदा कांग्रेसका राजेन्द्र देव राना मगरले ८ सय २ मत प्राप्त गरेका छन्।

वडा नम्बर ६मा नेकपा एमालेका मेघराज राई १ सय ७१ मतान्तरले पराजित हुँदा एमालेले तीनजना वडा सदस्य मात्र जितेको छ। एमालेले महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्य(खुल्ला सदस्य–२) जितेको हो। महिला सदस्यमा बुध्वरानी लिम्बु ६सय ५७ मत पाएर निर्वाचित हुँदा माओबादी केन्द्रकी सन्ची राईले ६सय ४३ मत प्राप्त गरिन भने कांग्रेसकी पुर्णमाया राईले ४सय ९१मत प्राप्त गर्दै तेश्रो स्थान हासिल गरिन।

kerabari-4

यस्तै दलित महिला सदस्यमा ६सय ५७मत प्राप्त गर्दै मनमाया बिश्वकर्मा निर्वाचित हुँदा माओबादी केन्द्रकी मनमाया दर्जीले ६सय १९ मत प्राप्त गरिन भने कांग्रेसकी कमला बिश्वकर्माले ४ सय ८४मत प्राप्त गर्दै तेश्रो स्थान हासिल गरेकी छन्।

त्यसैगरी वडा सदस्य(खुल्ला सदस्य–२)मा ६सय ३४मतका साथ चित्र कुमार तामाङ्ग निर्वाचित हुँदा माओबादी केन्द्रका सूर्यबहादुर इवाले ६सय ८ मत प्राप्त गरेका छन्। कांग्रेसका मनकुमार तामाङ्गले ४सय ०८ मत प्राप्त गर्दै तेश्रो स्थान हासिल गरेका छन्।

वडा नम्बर ७ बाट वडाध्यक्षमा ५१मतान्तरले खगेन्द्र निरौला निर्वाचित भएका छन्। निरौलाले ६सय ७२मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दि माओबादी केन्द्रका किशोर राईले ६सय २१ मत प्राप्त गरेका छन्। वडा नम्बर ७मा कांग्रेसले गठबन्धन गरेको थियो। गठबन्धनको तर्फबाट जनता समाजबादी पार्टीका बिमल चेम्जोङ्गले ५सय ८९मत प्राप्त गर्दै तेश्रो स्थान हासिल गरेका छन्।

महिला सदस्यमा कल्पना मगर ७ सय ८ मत पाएर निर्वाचित हुँदा कांग्रेसकी कृष्णकुमारी आचार्यले ५सय ९४मत प्राप्त गरेकी छन्। यस्तै दलित महिला सदस्यमा ७ सय ९मत प्राप्त गर्दै रेखा बिश्वकर्मा निर्वाचित हुँदा कांग्रेसकी सुमित्रा दर्जीले ५सय ८६मत प्राप्त गरेकी छन्।

वडा सदस्य(खुल्ला सदस्य–१)मा ६सय ६६मतका साथ नरबहादुर लुंगेली मगर निर्वाचित हुँदा एमालेबाट दुईपटक (२०५४र २०७४मा निर्वाचित, निर्वाचनको सम्मुखमा कांग्रेस प्रवेश) कांग्रेसका दानबहादुर बलम्पाकी मगरले ५सय ३३मत प्राप्त गरेका छन्। त्यसैगरी वडा सदस्य(खुल्ला सदस्य–२)मा ७ सय ४८मतका साथ शोकबहादुर बस्नेत निर्वाचित हुँदा कांग्रेसका मणिचन्द्र लिम्बुले ५सय ३८मत प्राप्त गरेका छन्।

वडा नम्बर ८मा नेकपा एमालेका टिकाराम चापागाँई मात्र ३ मतान्तरले पराजित हुँदा एमालेले चारैजना वडा सदस्य जितेको छ। महिला सदस्यमा सीता भुजेल ८सय ३२ मत प्राप्त गर्दै निर्वाचित हुँदा कांग्रेसकी सरिता मास्केले ८सय १०मत प्राप्त गरिन।

यस्तै दलित महिला सदस्यमा ८सय ५१मत प्राप्त गर्दै सन्तोषी सार्की निर्वाचित हुँदा कांग्रेसकी सरु सुनामले ८सय १५मत प्राप्त गरेकी छन्।

वडा सदस्य(खुल्ला सदस्य–१)मा ८सय ३१मतका साथ दिलबहादुर राई निर्वाचित हुँदा कांग्रेसका गोपाल थापाले ७ सय ७५मत प्राप्त गरेका छन्। त्यसैगरी वडा सदस्य(खुल्ला सदस्य–२)मा ८सय २० मतका साथ राजन कुमार थापा निर्वाचित हुँदा कांग्रेसका दान बहादुर खड्काले ७ सय ४४ मत प्राप्त गरेका छन्।

वडा नम्बर ९मा नेकपा एमालेका भिम कार्की ५४ मतान्तरले पराजित हुँदा एमालेले तीनजना वडा सदस्य मात्र जितेको छ। एमालेले महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्य(खुल्ला सदस्य–१) जितेको हो। महिला सदस्यमा हिमादेवी लिम्बु मात्र ६मतान्तरले १हजार १ सय ६०मत प्राप्त गर्दै निर्वाचित हुँदा कांग्रेसकी शर्मिला गुरुङ्गले १हजार १सय ५४मत प्राप्त गरेकी छन्।

यस्तै दलित महिला सदस्यमा १हजार २ सय मत प्राप्त गर्दै लिलादेवी दर्जी निर्वाचित हुँदा कांग्रेसकी कमला गुरुङ्ग(परियार)ले १हजार १सय ७३मत प्राप्त गरेकी छन्।

त्यसैगरी वडा सदस्य(खुल्ला सदस्य–१)मा १हजार १सय ६७ मतका साथ गोबिन्द बहादुर शाही ठकुरी निर्वाचित हुँदा कांग्रेसका खेमबहादुर गुरुङ्गले १हजार १ सय २२ मत प्राप्त गरेका छन्।

wada-5

वडा नम्बर १०बाट नेकपा एमाले गाउँपालिका कमिटिका अध्यक्षसमेत रहनुभएका पूर्ण मगर वडाध्यक्षमा ६६मतान्तरले निर्वाचित भएका छन्। मगरले ६सय ३९मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्दि कांग्रेसका चन्द्रबहादुर मगरले ५सय ७३मत प्राप्त गरेका छन्।

यस्तै महिला सदस्यमा गंगा लिम्बु ७ सय ६६मतका साथ निर्वाचित हुँदा नेपाली कांग्रेसकी रुजा लिम्बु तामाङ्गले ४सय ९मत प्राप्त गरेकी छन्। यस्तै दलित महिला सदस्यमा ७ सय ४३ मत प्राप्त गर्दै मिरा बिश्वकर्मा निर्वाचित हुँदा कांग्रेसकी उर्मिला बिकले ४सय ३५मत प्राप्त गरेकी छन्।

वडा सदस्य(खुल्ला सदस्य–१)मा ७ सय २९मतका साथ तुलसी घिमिरे निर्वाचित हुँदा कांग्रेसका श्यामकुमार खतिवडाले ४सय ५मत प्राप्त गरेका छन्। त्यसैगरी वडा सदस्य(खुल्ला सदस्य–२)मा ६सय ९५मतका साथ मिथुन धुर्व कुमार देवान निर्वाचित हुँदा कांग्रेसका सुजनकुमार श्रेष्ठले ४सय १० मत प्राप्त गरेका छन्।

kerabari-8