धरानः धरान उपमहानगरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङ ३२७ मतले लोकतान्त्रि गठबन्धनका मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई पछि पारेका छन् ।

लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका समाजिक अभियान्ता हर्कले ३२७३५ मत गन्दा ९५४६ मत ल्याएका छन् । लोकतान्त्रि गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ९२१९ मत प्राप्त गरेका छन् ।

एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी भएकी मञ्जु भण्डारीले ७४०६ मत प्राप्त गरेकी छन् । त्यसैगरि उपमेयर पदमा लोकतान्त्रि गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले १०४०७ मत प्राप्त गरेका छन् । सोही पदमा उम्मेदवारी दिएका एमालेका पदम इस्बो लिम्बूले ९९२८ मत प्राप्त गरेका छन् । धरानको मतगणना जारी नै रहेको छ ।

HhU1vojoIVHVjxecAhqkYKr4kD02wOQiuLVp307h