इटहरीः इटहरी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार मेयर पदमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले २०७७३ मत ल्याई अग्रस्थान कायमै राखेका छन् ।

उनले ३२२१ मतले एमालेका यामकुमार सुब्बालाई पछाडि पारेका छन् । सुब्बाले १७५५२ मत ल्याएका छन् । यो परिणाम ४५५४८ मत गणना गरिसक्दाको हो । इटहरीमा जम्ममा ७३८३२ मत खसेको थियो ।

उपमेयर पदमा भने एमालेकी संगीताकुमारी चौधरी भारी मत अन्तरले अगाडि छिन् । उनले २००६७ मत ल्याएकी छन् । गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशबकुमार विष्टले ११८७६ मत प्राप्त गरेका छन् । विष्ट चौधरी भन्दा ८१९१ मतले पछाडि छन् ।

इटहरीको वडा नम्बर १, २, ३, १५, १८, १९ र २० को मत गणना सकिएको छ । वडा नम्बर ४, ५, ६ , ७ , १४, १६ र १७ वडाको मतगणना जारी रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ । इटहरीमा अब २८२८४ मत गन्न बाँकी छ । इटहरीको अन्तिम मतपरिणाम संभवत भोलिसम्म सार्वजनिक भईसक्ने बताइएको छ ।

 

282009196_121704927197217_119115448509878834_n