इटहरीः सुनसरीको सबैभन्दा पुरानो पहिलो इनरुवा नगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेस जिल्ला सभापति समेत रहेका केदार भण्डारी विजयी भएका छन् ।

कानून व्यवयासी समेत रहेका भण्डारी ११६१६ मत ल्याई मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार सरोज पोखरेलले ९०५३ मत प्राप्त गरेका छन् । भण्डारीले २५६३ मत अन्तरले पोखरेललाई पराजित गरेका हुन् ।

जनता समाजवादी पार्टीका मेयर पदका उम्मेदवार दिलिपचन साहुले ४३०५ मत प्राप्त गरि तेस्रो स्थान चित्त बुझाए । ०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाटै राजन मेहताले मेयर पदमा विजयी हासिल गरेका थिए ।

उपमेयर पदमा नेपाली कांग्रेसकै उम्मेदवार विनिता मेहता विजयी भएकी छन् । उनले ११२६१ मत ल्याएकी छन् । निर्वाचन अधिकृतको कार्यालय इनरुवाका अनुसार उनकी निकटतम प्रतिद्धन्दी एमालेकी सहजादी प्रविणले ९३४३ प्राप्त गरेकी छन् । मेहताले प्रविणको भन्दा १९१८ मत बढीले विजय हासिल गरेकी हुन् । जनता समाजवादी पार्टीको तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिएकी सरिता यादवले ३३२६ मत ल्याएकी छन् ।