इटहरीः रामधुनी नगरपालिकाको मेयर र उपमेयर सहित पाँच वटा वडामा नेकपा एमालेले जित हासिल गरेको छ ।

रामधुनी नगरपालिकाको मेयरमा नेकपा एमालेका शंकरलाल चौधरी विजयी भएका छन् । उपमेयरमा एमालेकै तारा थापाले जित हासिल गरेकी छन् । नेकपा एमालेले मेयर उपमेयर सहित पाँच वटा वडामा समेत जित हासिल गरेको छ । एमालेले जितेका वडाहरुमा २,३,४,७ र ८ छन् भने नेपाली कांग्रेसले वडा नम्बर १,५ र ६ मा जित हासिल गरेको छ । उना नेकपा एकीकृत समाजवादीले वडा नम्बर ९ मा बाजी मारेको छ ।

281893268_715788546209028_8467065362941756940_n

वडा नम्बर २ मा वडा अध्यक्ष नेकपा एमालेका रामनारायण चौधरीको प्यानल विजयी बनेको छ । वडा नम्बर ३ मा वडा अध्यक्षमा नेकपा एमालेकै बुधनारायण चौधरीको प्यानल विजयी बनेको छ । उता वडा नम्बर ४ को वडा अध्यक्षमा नेकपा एमालेका कमल कार्कीको प्यानल विजयी बनेको छ ।

वडा नम्बर ७ को वडा अध्यक्षमा नेकपा एमालेका केशव गौतमको प्यानल विजयी बनेको छ उता वडा नम्बर ८ मा पनि एमालेकै सुरेन्द्र सिंह खवासको प्यानल विजयी बनेको छ ।
यता नेपाली कांग्रेसबाट वडा नम्बर १ मा महेश चौधरीको प्यानलले विजय हासिल गरेको छ ।

वडा नम्बर ५ मा लेखनाथ बास्तोला भोलाको प्यानलमा एक जना खुल्ला सदस्य एमालेको मिसिएको छ भने वडा नम्बर ६ मा नेपाली कांग्रेसकै सुरेन्द्र सिंह खवासको प्यानल विजयी बनेको छ । उता वडा नम्बर ९ मा नेकपा एकिकृत समाजवादीको प्यानलले विजय हासिल गरेको छ । वडा नम्बर ९ मा नेकपा एसका घनश्याम चौधरी वडा अध्यक्षमा विजयी बनेका छन् ।