धरानः धरान उपमहानगरपालिकाको मेयर पदमा लौरो चुनाव चिन्ह लिएर निर्वाचनको मैदानमा रहेका स्वतन्त्र उम्मेदवार हर्क सम्पाङले ७ सयबढी मतले अग्रता लिएका छन् ।
उनले लोकतान्त्रि गठबन्धनका मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई ७ सय ३८ मतले पछाडि पारेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार हर्कले ३१४६३ मत गणना गरिसक्दा ९३९५ मत प्राप्त गरेका छन् । गठबन्धनका किशोर राईले ८६५७ मत प्राप्त गरेका छन् ।

एमालेकी मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले ७००९ मत प्राप्त गरेकी छन् । उपमेयर पदमा भने लोकतान्त्रि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ९८९० मत ल्याई अग्रस्थान नै कायम राखेका छन् । एमालेका उपमेयर पदका उम्मेदवार पदम लिम्बूले ९४८६ मत प्राप्त गरेका छन् ।

धरानको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ , १०, ११, १२, १८ र १९ को मतगणना सकिएको छ । वडा नम्बर ११, १३ र १४ को मतगणना जारी रहेको छ । वडा नम्बर २० को भने विवादका कारण मतगणना रोकिएको छ । सो वडाको गन्दा १८ वटा मतपत्र निर्वाचन अधिकृतको हस्ताक्षर विनाको भेटिएको र सो मतपत्र वदर गर्ने निर्णय आयोगले गरेपछि विवाद उत्पन्न भई मतगणना रोकिएको हो ।