इटहरीः इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र ओगटेको वडा नम्बर ६ मा लोकतानित्र गठबन्धनका वडाध्यक्ष उम्मेदवार नेपाली कांग्रेसका दिवस पोख्रोलले शुरुवातबाटै अग्रता कायम गरिरहेका छन् ।

२१४३ मत गन्दा उनले ९२२ मत ल्याएका छन् । एमालेका वडाध्यक्ष पदका उम्मेदवार उमेश पौडेलले ६९७ मत प्राप्त गरेका छन् । पोख्रेल २२५ मतले अगाडी छन् । सो वडामा ३०४३ मत खसेको थियो

राप्रपाका वडाध्यक्ष उम्मेदवार अनिल सुब्बाले ३०५ मत प्राप्त गरेका छन् । सो वडाबाट मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पौडेललाई १०६९ मत प्राप्त भएको छ । एमालेका मेयर पदका उम्मेदवार यामकुमार सुब्बालाई ७०१ मत प्राप्त भएको छ ।

उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशबकुमार विष्टले ७४९ मत प्राप्त गरेका छन् भने एमालेकी संगीता चौधरीले ७०७ मत प्राप्त गरेकी छन् ।