इटहरीः सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर १२ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

प्यानलमा भएका वडा अध्यक्ष टंक राईसहित पाँचै जना दोस्रो पटक निवार्चित भएका हुन् । २०७४ को स्थानीय निर्वाचनमा निर्वाचीत भएका पाँचै जना पुन दोहोरिएका छन् ।

वडाअध्यक्षमा एमालेका टंक राई ८१५ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विष्णु तामाङलाई १६४ मतले पछाडी पार्दे दोस्रो कार्यकाल सुरक्षित गरेका हुन । कांग्रेसका उम्मेदवार विष्णु तामाङ्गले ६७५ मत प्राप्त गरेका छन् ।

यसैगरि, महिला सदस्यमा चुन्नु थापा ७९२ मत प्राप्त गरेर निवार्चित भइन् भने दलित महिला सदस्यमा शान्ति त्रिखत्री ७८९ मत प्राप्त गरेर निवार्चित भएकी छिन् । खुल्ला सदस्यमा निवार्चित ब्रह्मज्ञ भट्टराई ८४३ मत प्राप्त गरेका छन् भने खुला सदस्यमा निवार्चित विनिता बज्रचार्य ७३१ मत प्राप्त गरेकी छिन् ।