इटहरीः ०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको इटहरी वडा नम्बर १७ यसपटक गुमाउनु परेको छ ।

वडा नम्बर १७ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका प्रभात कुमार आर्चाय प्यानल सहित विजयी भएका छन् । आर्चाय निर्वाचन सम्पन्न हुन केही महिना अघि मात्रै माओवादी केन्द्रको इटहरी उपमहानगरको सचिव पद त्यागेर नेकपा एमालेमा प्रवेश गरेका थिए ।

उनले २२२२ मत ल्याएर वडाध्यक्ष पदमा विजयी हासिल गरेका हुन् । सो वडामा निर्वतमान वडाध्यक्ष नेपाली कांग्रेसका भगवानलाल साहु सुडी १८८१ मत ल्याई पराजित भएका छन् ।
सो वडामा महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा सबै एमालेका उम्मेदवारहरुले विजय प्राप्त गरेका छन् ।