उर्लाबारीः मोरङको उर्लाबारी नगरपालिकामा मेयर र उपमेयर नै नेकपा एमालेले विजय प्राप्त गरेको छ । ०७४ सालको निर्वाचनमा विजयी सो नगरपालिकाका निर्वतमान मेयर खड्त फागो पराजित भएका छन् ।

एमालेको तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका गंगाप्रसाद खरेलले १२१५६ मत ल्याई विजय प्राप्त गरेका हुन् । पराजित कांग्रेसका फागोले १०२९० मत प्राप्त गरेका छन् । १८६६ मत अन्तरले फागोलाई खरेलले पराजित गरेका हुन् ।

त्यसैगरि उपमेयरमा पनि नेकपा एमाले नै विजयी हासिल गरेको छ । सो नगरपालिकामा एमालेकी मिना खतिवडा पौडेलले १०७२८ मत प्राप्त गरि विजयी हासिल गरेकी हुन् । उनकी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी उम्मेदवारले १०६४० मत ल्याएकी छन् ।