इटहरीः रामधुनी नगरपालिकाको वडा नम्बर ९ मा नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवार घनश्याम चौधरीको प्यानलै विजयी भएको छ ।

३ हजार १०६ मतदाता रहेको वडामा घनश्यामले निकटतम प्रतिद्धन्दीसँग १ हजार ८३ मतको भारी अन्तरले विजय हासिल गरेका छन् ।

चौधरीले १ हजार ६७२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवारले ६८९ मत ल्याएका थिए । यसैगरी महिला सदस्यमा नेकपा एसकै लाल कुमारी चौधरीले १ हजार ५०० मत ल्याएर जित हासिल गरेकी छन् ।

दलित महिला सदस्यमा नेकपा एसकी सरिता सदाले १ हजार ४७६ मत ल्याएर विजयी बनेकी छन् । यसैगरी खुल्ला सदस्यहरुमा नेकपा एसका दिप बहादुर कार्की र भिमा थापा घिमिरे छन् । उनिहरुले क्रमश १ हजार ४६० र १ हजार ३१५ मत ल्याएर विजय हासिल गरेका छन् ।

280206971_688468738934686_8893019325710584782_n