इटहरीः इटहरी उपमहानगरपालिकामा हालसम्म वडा नम्बर नौ वटा वडामा नयाँ जनप्रतिनिधि छानिइसकेका छन् भने बाँकीको टुङ्गो लाग्ने क्रममा छ ।गत वैशाख ३० गते सकिएको निर्वाचनको मत परिणाम आउने क्रमसँग नयाँ जनप्रतिनिधिहरु आउने क्रम पनि जारी छ ।

निर्वाचन अधिकृतको कार्यलय इटहरीले हालसम्म वडा नम्बर १,२,३, १५,१६,१७,१८,१९ र २० नम्बर वडाको मत गणना सकिएको छ भने बाँकी वडाको परिणाम आउन क्रममा छ । हालसम्म मत परिणाम टुङ्गो लागिसकेका वडामा नेकपा एमालेले वडा नम्बर २, ३,१५,१६,१७,१८ र १९ मा आफ्नो कव्जामा राखेको छ भने नेपाली कांग्रेसले वडा नम्बर १ र २० मा विजय हासिल गरेको छ भने अन्य वडाको मत परिणाम आउने क्रममा छ ।

वडा नम्बर १ मा एक जना खु्रल्ला सदस्य बाहेक बाँकी नेपाली कांग्रेसले जितेको छ । नेपाली कांग्रेसका रतन कार्कीले १ हजार ७४७ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित भएका छन् भने महिला सदस्यमा नेपाली कांग्रेसकि कुमुद कुमारी थरुनीले १ हजार ५९६ मत पाएर विजयी बनेकी छन् ।

281164809_5376560382389152_371142626077399556_n

दलित महिला सदस्यमा विष्णु माया नेपालीले १ हजार ५८८ मत र खुल्ला सदस्यमा हरिहर थारुले १ हजार ४६२ र ज्ञानेन्द्र गौतमले १ हजार १५ मत पाएका छन् ।
यसैगरी वडा नम्बर २ मा नेकपा एमालेको प्यानलै विजयी बनेको छ । वडा अध्यक्षमा माधव कोइरालाले ३ हजार २२७ मत पाएर विजयी बनेका छन् भने महिला सदस्यमा भिमा कुमारी तुम्वाहाम्फेले ३ हजार २३४ , दलित महिला सदस्यमा चम्पा माया विश्वकर्माले ३ हजार २०५ र खुल्ला सदस्यमा दुर्गा बहादुर खत्री र कृष्ण कुमार राईले २ हजार ९११ मत पाएका छन् ।

वडा नम्बर ३ मा नेकपा एमालेका उमेश सुवेदीको प्यानलले विजय हासिल गरेको छ । सुवेदीले ९६८ मत पाएका छन् भने महिला सदस्यमा पवित्रा कोइरालाले १ हजार २००, दलित महिला सदस्यमा मीना रसाइलीले १ हजार १८३ र खुल्ला सदस्यहरुमा दिपेन्द्र लिम्बु र टिकाराम तामाङ्गले १ हजार १४९ मत प्राप्त गरेका छन् । यता वडा नम्बर १८ मा पनि एमालैकै प्यानल विजयी बनेको छ । यहाँको वडा अध्यक्षमा राम कुमार चौधरीले १ हजार १६६, महिला सदस्यमा जसमिन चौधरीले १ हजार १९८, दलित महिला सदस्यमा रिँकु मोचीले १ हजार १८६ र खुल्ला सदस्यहमा अव्वास मिया र संगित कुमार बस्नेतले क्रमश १ हजार १४४ र १ हजार १३० मत पाएका छन् ।

281585487_5365269746838636_2593100208756568091_n 2

एमालेको प्यानलै विजयी बनेको वडा नम्बर १९ को वडा अध्यक्षमा श्रीनारायण चौधरीले १ हजार ८८१, महिला सदस्यमा इन्दिरा राईले १ हजार ९०७, दलित महिला सदस्यमा शर्मिला विश्वकर्माले १ हजार ८०६ र खुल्ला सदस्यमा विपिन खड्का र ढुण्डीराज गिरीले १ हजार ७६८ मत पाएका थिए । यता नेपाली कांग्रेसको प्यानलै विजयी बनेको वडा नम्बर २० मा वडा अध्यक्ष मणिराम श्रेष्ठले २ हजार ४०६, महिला सदस्य धर्मा देवी गिरिले २ हजार १३६, दलित महिला सदस्य कुमारी विश्वकर्माले १ हजार १४१ र सदस्यहरु बहादुर तामाङ्ग र तनुज गुरुङ्गले २ हजार १७९ र १ हजार ९२८ मत पाएका थिए ।

इटहरीको वडा नम्बर १७ मा पनि नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका प्रभातकुमार आचार्यले २,२२२ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका भगवानलाल साहले १,८८१ मत प्राप्त गरे । उनी यसअघिका पनि वडाध्यक्ष हुन् ।

280708553_670219761079604_2498540504299103718_n

यस्तै, महिला सदस्यमा विष्णुकुमारी खड्का, दलित महिला सदस्यमा रेवियादेवी सदा, खुल्ला सदस्यमा काशिम मिया र श्यामकुमार चौधरी निर्वाचित भएका छन् ।
इटहरी १५ को वडाध्यक्षमा एमालेका जयनारायण चौधरीले ७६९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रवणकुमार चौधरीले ५०२ मत प्राप्त गरे ।

यस्तै, महिला सदस्यमा सारोकुमारी चौधरी, दलित महिला सदस्यमा भुतिनदेवी मुसहर, खुल्ला सदस्यमा लालु चौधरी र अभिषेक चौधरी निर्वाचित भएका छन् । निर्वाचित सबै नेकपा एमालेका उम्मेदवार हुन् ।

280800656_302940362029875_5713451489987488304_n 1