इटहरीः सुनसरीको दुहबी नगर पालिकाको मेयरमा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बेद नारायण गच्छदार पुनः निर्वाचित भएका छन् ।

गच्छदारले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार बिनय कुमार पोखरेललाई ४ सय ५५ मतको अन्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

सुरूवातदेखि अग्रता बनाएका पोखरेललाई गच्छदारले अन्तिम समयमा पराजित गरेका हुन् । यस्तै दुहबी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार मेनुका पोखरेल खतिवडा निर्वाचित भएकी छिन् । यसैगरीदुहबी ८ नम्बर वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार तारिकचन्द्र सरदार पुनः वडाअध्यक्षमा बिजय भएका छन् ।