इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार दिवस पोख्रेलको निर्वाचित भएका छन् । विजयी उम्मेदवार पोख्रेल सहितको प्राप्त मत विवरण केही बेर आउने छ ।

पोख्रेको नेतृत्वमा एक जना बाहेक प्यानलै विजयी भएका हुन् । उनले नेकपा एमालेका उमेश पौडेललाई ३ सयबढी मत अन्तरले पराजित गरेको बुझिएको छ । उनको प्यानलमा रहेका एक जना माओवादी केन्द्रका सदस्य उम्मेदवार बाहेक सबै जना विजयी भएको बताइएको छ ।

निर्वाचनको अन्तिम परिणाम केही समय पछि सर्वाजनिक गरिने छ । उद्योग वाणिज्य संघ इटहरीको वरिष्ठ उपाध्यक्ष समेत रहेका उनि सामुदायिक सर्पदंश उपचार केन्द्रको संचालक समितिका अध्यक्ष समेत हुन् । मोरगं छापाखानाका संचालक समेत रहेका उनि अन्य थुप्रै सामाजिक संघ संस्था आवद्ध छन् ।इटहरी उद्योग वाणिज्य संघमा पटक पटक नेतृत्वमा रहँदै आएका पोख्रेल ३ बर्ष अघि भएको उद्योग वाणिज्य संघको निर्वाचनमा धेरै मत ल्याएर विजयी भएका थिए । उनलाई भीम पौडेल नेतृत्वको समितिले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।

279648201_4844967168961961_836267946588732725_n

०७९ असारपछि हुने वाणिज्य संघको निर्वाचनमा अध्यक्ष उठ्ने पालो उनै पोख्रेलको थियो । तर इटहरी वडा नम्बर ६ का आम जनता र व्यवसायीहरुको मागलाई सम्बोधन गर्न उनि वडाध्यक्षका उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए । इटहरी बजार क्षेत्रका व्यवसायीहरुका मात्र नभई इटहरी ६ नम्बरबासीकै पीर मर्कालाई ५ बर्षे अवधिमा सम्बोधन गर्ने गरि आफु काम गर्ने उनि बताउछन् । इटहरी ६ लाई नमूना वडा बनाएरै देखाउने उनले पुनः प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मतदान गर्ने आम मतदातालाई बिषेश धन्यवाद समेत दिएका छन् । उनले पराजित पौडेल पनि उद्योग वाणिज्य संघ इटहरी लगायत धेरै संघ संस्थामा रहेर कार्य गरिसकेको व्यक्ति भएकाले पौडेलसंगपनि सरसल्लाह गरि आफु अगाडी बढ्ने बताए । 

इटहरी ६ इटहरीको मुख्य बजार क्षेत्र पर्दछ । यसअघि ०७४ सालको निर्वाचनमा पनि व्यवसायिक क्षेत्रका कांग्रेसको तर्फबाट दिपक गौतम वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनले एमालेका प्रेम बस्नेतलाई पराजित गरेका थिए । यसपटक पोखेलले व्यवसायी नै रहेका पौडेललाई पराजित गरेका हुन् ।

282767065_1191125401634605_7092029526720922853_n