फिक्कलः इलामको सुर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार रणबहादुर राई १४६९ मत अन्तरले अग्रस्थानमा पुगेका छन् ।

निर्वतमान मेयर समेत रहेका गठबन्धन तर्फका मेयर पदका उम्मेदवार राईले १ नम्बर प्रदेशको सांसद पदबाट राजिनामा गरेर एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका काजीमान कागतेलाई पछि पारेका हुन् ।

रणबहादुर राईले हालसम्म १०१६४ मत प्राप्त गरिसकेका छन् । एमालेका तर्फबाट मेयर पदका उम्मेदवार कागतेले ८६९५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनकै उम्मेदवार दुर्गा कुमार बरालले ९७५६ मत ल्याएका छन् । एमालेकी उम्मेदवार निर्वतमान उपमेयर दुर्गादेवी भट्टराईले ७३६६ मत प्राप्त गरेकी छन् । उनलाई बरालले २३९० मत अन्तरले पछाडि पारिरहेका छन् ।