इटहरीः इटहरी उवमहानगरपालिका वडाहरुको मतपरिणाम आउने क्रम जारी नै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार इटहरी उपमहानगरपालिका वडानम्बर ४ मा नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार भक्त लामाको प्यानलै विजयी भएको छ ।

उनले गठबन्धनका वडाध्यक्ष पदका उम्मेदवार विक्रम थापालाई पराजित गर्दै जित हासिल गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालय इटहरीले विजयी भएको घोषणा भने गर्न बाँकी नै छ ।

सो वडाको महिला सदस्यमा लक्ष्मि चापागाई, दलित महिला सदस्यमा दिलु बराइली र दुई खुल्ला सदस्यमा अमृत बस्नेत र विशेश्वर पोख्रेल विजयी भएका छन् । विजय सदस्य मध्ये महिला सदस्य चापागाई ०७४ सालको निर्वाचनमा अधिक मत ल्याई विजयी भएकी उम्मेदवार हुन् । सो वडामा ०७४ मा पनि चन्द्र भट्टराईको नेतृत्वमा एमालेको प्यानल नै विजयी भएको थियो ।