सुन्दरहरैँचाः मोरङको सुन्दरहरैँचा नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । बिहान ५ बजेसम्मको मत परिणाम अनुसार नगरप्रमुखमा एमाले ३९ मतले अगाडि छ ।

एमालेका मेयर पदका उम्मेदवार केदारप्रसाद गुरागाईँले यो समाचार तयार गरिन्जेल सम्म १३ हजार ८३८ मत ल्याएका छन् भने गठबन्धन तर्फबाट नेपाली काङ्ग्रेसका शिवप्रसाद ढकालले १३ हजार ७९९ मत ल्याएका छन् ।

गणना सुरु भए यता लगातार ढकालले अग्रता लिँदै आएका थिए । ३३०८६ मत गणना हुँदा गुरागाईँले उछिन्दै अघि बढेका छन् । उपप्रमुख पदमा भने एमालेकी अकली चौधरिले सुरुवातबाटै फराकिलो मतले अग्रता लिइरहेकी छन् ।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नवराज चापागाईँलाई पछि पार्दै चौधरिले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । १२ वटा वडामध्ये ५ वडामा मतगणना सम्पन्न भइसकेको छ । जसमा एमालेले ३, ११ र १२ वडा जितेको छ भने काँग्रेसले १ र २ वडा जितेको छ। अहिले ४,५,९ र १० को गणना जारी छ ।