बेलबारीः मोरगंको बेलबारी नगरपालिकामा मेयर पदमा नेकपा एमालेका दिलप्रसाद(डिपी) राई विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार महेन्द्र सुवेदीलाई पराजित गरेका हुन् ।

०७४ सालको निर्वाचनमा सो नगरपालिकामा एमालेकै ज्ञानेन्द्र सुवेदीले विजयी प्राप्त गरेका थिए । उपमेयरमा एमालेकै ढाकाकुमार पराजुलीले विजयी हासिल गरेकी थिइन् ।

०७९ को निर्वाचनमा भने उपमेयर पदमा नेपाली कांग्रेसकी नितु थपा (कोईराला) बिजयी भएका हुन । कोईरालाले एमालेकी उम्मेदवार तिलकुमारी न्यौपाने (तिला लेकाली) लाई पराजित गरेकी हुन् ।